मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
हो, म एक स्कुल हेल्थ नर्स हुँ । मलाई नेपाली बृहत् शब्दकोशमा “सेवाकी प्रतिमूर्ति” भनेर चिनिन्छ । तर यथार्थको कठोर धरातलमा, करारको क्षणिक छायाँमा विस्तारै आफ्नै अस्तित्व विलाइरहेको भान हुन्छ । हरेक दिन मेरो काम औषधि दिनु, तापक्रम मापन गर्नु, चोटपटकमा पट्टी बाँध्नु मात्र पक्कै पनि होइन– “म त हजारौँ निर्दोष र थाकेका बालमनहरूको मौनताभित्र लुकेको मौन चित्कार पनि सुन्छु ।”
सोमबार, वैशाख २८, २०८३
गर्भवतीले भुलेर पनि खानुहुँदैन यी खानेकुरा
गर्भावस्थाको समयमा खानपानमा विशेष ध्यान दिनु आवश्यक छ, किनकि केही खानेकुराले गर्भपतनको जोखिम बढाउन सक्छन्। पोषणविद् केदार नेपालका अनुसार गर्भावस्थाको समयमा खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु आमा र शिशु दुवैको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ। गर्भवती महिलाहरू खासगरी काँचो तथा कम पाकेको खानेकुराबाट बच्नुपर्छ।
सोमबार, वैशाख २८, २०८३
क्रुज जहाज ‘एमभी होन्डियस’मा हान्टाभाइरस प्रकोप : तीनको मृत्यु र थप ५ मा संक्रमण, बाँकी यात्रुहरूको सुरक्षित रूपमा उद्धार
यसैबीच, बेलायती सेनाका चिकित्सकहरू दक्षिण अटलान्टिक महासागरस्थित संसारकै दुर्गम बस्तीमध्ये एक ट्रिस्टन दा कुन्हा टापुमा प्यारासुटमार्फत अवतरण गरेका छन्। त्यहाँ बसोबास गर्ने एक बेलायती नागरिकमा हान्टाभाइरसको शंका गरिएको छ। ती व्यक्ति अप्रिल १४ मा एमभी होन्डियसबाट टापुमा ओर्लिएका थिए। जहाज छोडेको दुई सातापछि उनलाई पखाला, ज्वरोलगायत लक्षण देखिएको डब्लुएचओले जनाएको छ। हाल उनी आइसोलेसनमा स्थिर अवस्थामा छन्।
आइतबार, वैशाख २७, २०८३
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
धौलागिरी अस्पतालमा सुरक्षाको अवस्था अत्यन्त कमजोर छ। जुनसुकै बेला स्वास्थ्यकर्मीमाथि आक्रमण हुन सक्ने डर रहिरहन्छ। बिरामीका आफन्तहरू उपचार प्रक्रियाभन्दा बढी दबाब र हल्ला गर्नतर्फ केन्द्रित हुने अवस्था छ। यसअघि पनि धेरै स्वास्थ्यकर्मीले यस्ता अभद्र व्यवहार भोगेका छन्, तर ती घटनाहरू बाहिर आउन सकेका छैनन्।
आइतबार, वैशाख २७, २०८३
ब्लु क्रस हस्पिटलमा अब 'शून्य ब्याजदर'मा उपचार खर्च 'किस्ताबन्दी'मा तिर्न सकिने
सम्झौताअनुसार बिरामीहरूले ५ हजार रुपैयाँ वा सोभन्दा माथिको अस्पताल बिललाई ३ देखि १८ महिनासम्मको अवधिमा शून्य ब्याजदरमा सहज रूपमा किस्तामा रूपान्तरण गर्न सक्नेछन्। सम्पूर्ण प्रक्रिया डिजिटल, तत्काल र कागजरहित हुने कम्पनीले जनाएको छ।
आइतबार, वैशाख २७, २०८३
धौलागिरि अस्पतालमा आधुनिक दूरबिन प्रविधिबाट महिला सम्बन्धी रोगका शल्यक्रिया सेवा विस्तार
अस्पतालका अनुसार महिलासम्बन्धी विभिन्न रोग तथा जटिल समस्याको उपचार अत्याधुनिक ल्याप्रोस्कोपी प्रविधिमार्फत भइरहेको छ। हाल अस्पतालमा टोटल ल्याप्रोस्कोपिक हिस्टेरेक्टोमी (पाठेघर निकाल्ने शल्यक्रिया), एक्टोपिक गर्भावस्थाको शल्यक्रिया, डिम्बाशयको सिस्ट तथा ट्युमरको शल्यक्रिया, ल्याप्रोस्कोपिक ट्युबल लिगेसन (स्थायी परिवार नियोजन) तथा डायग्नोस्टिक ल्याप्रोस्कोपी सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ।
आइतबार, वैशाख २७, २०८३
वैशाख २८ देखि देशभर 'सरसफाइ सप्ताह' मनाइने, स्वास्थ्यमन्त्री मेहताले अभियानको शुभारम्भ गर्ने
सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर 'सरसफाइ सप्ताह २०८३' सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ।
आइतबार, वैशाख २७, २०८३
मेथी सेवनका फाइदाहरू तथा अपनाउनुपर्ने सावधानी
मेथी स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक मसला तथा जडीबुटी हो। यसमा भिटामिन 'ए', 'सी', 'ई' र आइरन, क्याल्सियम, पोटासियम जस्ता खनिज पदार्थका साथै उच्च फाइबर पाइन्छ। प्राचीन कालदेखि नै यसको औषधीय गुणका कारण मेथीलाई तरकारी तथा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ।
आइतबार, वैशाख २७, २०८३
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
हाल देशभर स्वास्थ्य संस्थाहरूमा आधुनिक परीक्षण सेवा, डिजिटल स्वास्थ्य प्रणाली तथा विशिष्टीकृत प्रयोगशाला सेवाहरू विस्तार भइरहेका छन्। तर विडम्बना, सोहीअनुसार दक्ष प्रयोगशाला जनशक्तिको स्थायी दरबन्दी विस्तार तथा व्यवस्थापन हुन सकेको छैन।
आइतबार, वैशाख २७, २०८३
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
अन्ततः जहाँ १–२ महिनाको अनुमान गरिएको थियो, उहाँले करिब २ वर्षसम्म अपेक्षाकृत सहज जीवन बिताउनुभयो। त्यो अवधिले हामीलाई एउटा कुरा स्पष्ट रूपमा सिकायो, अन्तिम चरणको क्यान्सरमा चिकित्सा केवल रोग नियन्त्रणको विषय होइन; यो पीडा व्यवस्थापन, मानसिक अवस्था, पारिवारिक सहयोग र समन्वित उपचार पद्धतिको संयुक्त परिणाम पनि हो।
आइतबार, वैशाख २७, २०८३
बयालपाटा अस्पतालमा 'ब्लड बैंक' र 'ट्रमा युनिट' सञ्चालन: बिरामीलाई ठूलो राहत
आइतबार, वैशाख २७, २०८३
दरबन्दी थपमा विभेद गरिएको भन्दै जनकपुरमा स्वास्थ्यकर्मीको प्रदर्शन, स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग
दरबन्दी थप प्रक्रियामा विभेद गरिएको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरूले जनकपुरमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा समेत माग गरेका छन्। स्वास्थ्यकर्मीहरूले दरबन्दी थप गर्दा निष्पक्षता अपनाउनुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले आफूहरूमाथि अन्याय भएको दाबी गर्दै निर्णय सच्याउन चेतावनी दिएका छन्।
शनिबार, वैशाख २६, २०८३
अस्पतालमा उपकरण व्यवस्थापनको चुनौती: ऐन छ तर प्रक्रियाको जालोमा थुनिएका 'कवाडी'
नेपालका अस्पतालहरूमा उपकरण खरिद गर्ने उत्साह जति छ, त्यसको व्यवस्थापन र विसर्जन गर्ने तत्परता त्यति देखिँदैन। कानुनी प्रक्रियालाई सरलीकृत नगर्ने हो भने हाम्रा अस्पतालहरू उपचार केन्द्रभन्दा बढी "मेसिनरी कवाडीखाना" को रूपमा चिनिने जोखिम बढ्दो छ। त्यसैले, झन्झटिलो प्रक्रियालाई हटाएर अस्पताललाई खुला र स्वच्छ राख्नु आजको आवश्यकता हो।
शनिबार, वैशाख २६, २०८३
रसायन तथा मेडिकल आपूर्ति संघ नेपालमा शैलेश कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति
रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) मा शैलेश कँडेलको नेतृत्व
शुक्रबार, वैशाख २५, २०८३
अछामको बयालपाटा अस्पतालमा चौथो ग्रामीण ट्रमा सम्मेलन सुरु
नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रको हाडजोर्नी तथा ट्रमा केयर (चोटपटक उपचार) प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठकले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम र कर्णालीका दुर्गम क्षेत्रका बिरामीलाई गुणस्तरीय ट्रमा सेवाको पहुँचमा ल्याउन र उपचार पद्धतिमा भइरहेका नयाँ विकासबारे जानकारी आदानप्रदान गर्न यो सम्मेलन कोशेढुङ्गा सावित हुनेछ।
शुक्रबार, वैशाख २५, २०८३
कैलालीका डेन्टल क्लिनिकमा 'मेडिकल काउन्सिल'को अनुगमन: कार्यालय सहयोगीले स्केलिङ गरेको फेला
टोलीले मापदण्ड उल्लंघन गर्ने क्लिनिकहरूलाई तत्काल बन्द गर्न, गैर-दर्ता व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन र मेडिकल काउन्सिल ऐन अनुसार कानुनी प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ। काउन्सिलले सर्वसाधारणलाई पनि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका आधिकारिक चिकित्सकबाट मात्र उपचार गराउन अपिल गरेको छ।
शुक्रबार, वैशाख २५, २०८३
एनएमए नवनिर्वाचित कार्यसमितिलाई शुभकामना: पेशागत मर्यादा र मानवीय संवेदना- एउटै सिक्काका दुई पाटा
सरकारको अनुदार स्वास्थ्य नीतिले गर्दा आज यो अवस्था आउनुमा चिकित्सक मात्र होइन, राज्य पनि उत्तिकै दोषी छ। नेपालको स्वास्थ्य नीति आम नागरिकमैत्री छैन। सरकारी अस्पतालहरूको अवस्था जर्जर हुनु, दक्ष जनशक्तिलाई उचित सेवा-सुविधा र सुरक्षा दिन नसक्नु र स्वास्थ्य सेवालाई निजीकरणको हातमा सुम्पिनुले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचभन्दा टाढा पुर्याएको छ। राज्यले स्वास्थ्यलाई मौलिक हकका रूपमा कार्यान्वयन गर्न नसक्दा नै बिरामी र चिकित्सक दुवै मारमा परेका छन्।
शुक्रबार, वैशाख २५, २०८३
एशिएन फर्मास्युटिकल्सले ल्यायो नेपालमै पहिलो पटक ग्यास्ट्राइटिसको नयाँ औषधि 'भीप्राज'
यसअघि सर्वसाधारण र चिकित्सकहरू माझ 'प्यान्टप' जस्तो लोकप्रिय औषधि उत्पादन गर्दै आएको एशिएनले नेपालमै पहिलो पटक यो नयाँ औषधि भीप्राज ल्याएको हो।भोनोप्राजन ग्यास्ट्राइटिस र यस सम्बन्धी पेटको समस्यामा उपचारका लागि एक नयाँ (न्यू क्लास मोलिक्युल-पिसिएबी) वर्गको प्रभावकारी औषधिको रूपमा विभिन्न देशहरूमा प्रयोग भइरहेको छ ।
शुक्रबार, वैशाख २५, २०८३
जनावरको टोकाइ व्यवस्थापन : दीर्घकालीन समाधान कहिले ?
अब वैकल्पिक उपायबारे पनि छलफल गरौँ । निजी स्वास्थ्य संस्थालाई स्थानीय तह वा प्रदेश मातहतमा सूचीकृत गरी खोप भण्डारणका मापदण्ड पालना गराउने, नेपाल सरकारको मापदण्डअनुसार खोप प्रयोग गर्ने व्यवस्था गर्ने, न्यूनतम सेवा शुल्क निर्धारण गर्ने तथा स्थानीय वा प्रदेश सरकारले नियमित नियमन र अनुगमन गर्ने व्यवस्था गर्न सकियो भने मात्र यो समस्याको दीर्घकालीन समाधान सम्भव हुन सक्छ ।
शुक्रबार, वैशाख २५, २०८३
निजी अस्पतालको उपचार शुल्कमा नागरिकको गुनासो, शुल्क सम्बन्धी मापदण्ड बनाउन सरकारकै आनाकानी
निजी अस्पतालहरूले लिने उपचार शुल्कबारे नागरिकका तहबाट गुनासो आइरहन्छन्। तर, निजी अस्पतालले उपचारको शुल्क तोक्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड नै नरहेको खुलेको छ। सूचनाको हक प्रयोग गरी मागिएको जानकारीमा स्वास्थ्य मन्त्रालयले हालसम्म निजी अस्पतालको सेवा शुल्क निर्धारणसम्बन्धी मापदण्ड तयार नभएको स्वीकार गरेको हो।
शुक्रबार, वैशाख २५, २०८३
अध्यादेशबाट पदमुक्त ८ विश्वविद्यालयका लागि उपकुलपतिको दरखास्त आह्वान, स्वास्थ्यका विश्वविद्यालय र प्रतिष्ठानमा अझै अनिश्चित
तर शिक्षा क्षेत्रका विश्वविद्यालयमा प्रक्रिया अघि बढे पनि स्वास्थ्य क्षेत्रका संस्थामा भने अन्योल कायम छ। स्वास्थ्य क्षेत्रको एकमात्र विश्वविद्यालय शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सहित विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति तथा प्रमुख पद रिक्त भए पनि सरकारले छनोट प्रक्रिया सुरु गरेको छैन।
शुक्रबार, वैशाख २५, २०८३
अध्यादेशबाट रिक्त स्थानमा संस्थाकै वरिष्ठ चिकित्सकले पाए निमित्तको जिम्मेवारी
सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न प्रतिष्ठान तथा अस्पतालमा रिक्त रहेका नेतृत्व पदमा संस्थाभित्रकै वरिष्ठ चिकित्सक र कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएको छ। हालै जारी अध्यादेशमार्फत पदमुक्त गरिएको स्थानमा नियुक्ति नभएसम्मका लागि जिम्मेवारी तोकिएको हो।
शुक्रबार, वैशाख २५, २०८३
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
केही क्षणका लागि धुलो–धुवाँका कारण हुने एलर्जी तथा त्यसले आउने हाछ्युँलाई गम्भीर रूपमा हेर्न आवश्यक छैन। तर लामो समयसम्म यस्तो समस्या भएमा त्यसलाई गम्भीर रूपमा लिनुपर्ने हुन्छ, जसका लागि उपचार आवश्यक पर्न सक्छ।
शुक्रबार, वैशाख २५, २०८३
मिर्गौला रोगबाट पीडित जिल्ला अस्पताल सुनसरीका मेसु डा. अमरेश कुमार कुशवाहाका लागि सहयोग अपिल
चिकित्सकका अनुसार डा. कुशवाहाको दुवै मिर्गौलाले पर्याप्त रूपमा काम गर्न छाडेकाले नियमित डायलाइसिस अपरिहार्य भएको छ। दीर्घकालीन उपचारका लागि मिर्गौला प्रत्यारोपण आवश्यक रहेको परिवारले जनाएको छ। प्रत्यारोपण, औषधोपचार र अन्य व्यवस्थापनका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले परिवार आर्थिक संकटमा परेको बताइएको छ।
बिहीबार, वैशाख २४, २०८३
अस्पताल विकास समितिका पदाधिकारी हटाउने तयारी, ५ सयभन्दा बढी नियुक्ति खारेज हुने
सरकारले विभिन्न अस्पताल विकास समितिमा नियुक्त अध्यक्ष, कार्यकारी निर्देशक तथा सदस्यहरूलाई पदमुक्त गर्ने तयारी अघि बढाएको छ। स्वास्थ्य क्षेत्रका विभिन्न अस्पताल विकास समिति गठन आदेश संशोधनमार्फत हाल कायम पदाधिकारीहरूको नियुक्ति खारेज गर्ने तयारी सरकारले गरेको स्रोतले जनाएको छ।
बिहीबार, वैशाख २४, २०८३
डा. सतिश देवलाई नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारबाट हटाउने सरकारको निर्णय
सरकारले डा. सतिश देव लाई नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदबाट हटाएको छ। मन्त्रिपरिषद्को बैठकले काउन्सिलसम्बन्धी नियमावली संशोधन गर्ने निर्णयसँगै उनलाई पदमुक्त गरिएको हो।
बिहीबार, वैशाख २४, २०८३
विदेशी नागरिकता लिएका चिकित्सकको दर्ता खारेजीप्रति एनडीए यूकेको विरोध
संस्थाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकता लिएको आधारमा मात्रै डाक्टर तथा दन्त चिकित्सकहरूको नाम दर्ता खारेज गर्नु अन्यायपूर्ण भएको उल्लेख गरेको छ। साथै प्रभावित चिकित्सकहरूको नाम सार्वजनिक गर्नु व्यावसायिक गोपनीयता र प्रक्रियागत न्यायको उल्लंघन भएको आरोप लगाइएको छ।
बिहीबार, वैशाख २४, २०८३
नेतृत्वविहीन स्वास्थ्य संस्थामा निमित्त नियुक्तिको तयारी, वरिष्ठता र निर्विवाद छवि मुख्य आधार
केही दिनअघि सरकारले जारी गरेको अध्यादेशअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न प्रतिष्ठान, काउन्सिल, बोर्ड, अस्पताल तथा चिकित्सा शिक्षा आयोगलगायत संस्थाका प्रमुख पद स्वतः रिक्त भएका थिए। त्यसपछि ती निकायहरू नेतृत्वविहीन बनेका हुन्।
बिहीबार, वैशाख २४, २०८३
एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने काउन्सिलको निर्णयप्रति अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको आपत्ति
नआरएन चिकित्सकहरूको सहभागिताका लागि एक पारदर्शी र स्थायी नीतिगत ढाँचा तयार पार्न डायस्पोराका प्रतिनिधिहरूसँग अविलम्ब परामर्श गर्न समेत आग्रह गरेको छ। फाउन्डेशनले यो विषयमा काउन्सिलबाट निष्पक्ष र भविष्य–उन्मुख समाधान निस्कने अपेक्षा राखेको छ।
बिहीबार, वैशाख २४, २०८३
दैलेखमा जटिल प्रसूति अवस्थाको सफल उपचार, आमा र शिशु दुवै सुरक्षित
जिल्ला अस्पताल दैलेखका अनुसार सोमबार राति करिब ८ बजेतिर प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा कार्यरत डा. वर्षाले जिल्ला अस्पतालका डा. मनोज विश्वकर्मालाई फोन गरी एक गर्भवती महिलामा “कर्ड प्रोल्याप्स” अर्थात् नाल बाहिर निस्किने गम्भीर अवस्था देखिएको जानकारी गराएकी थिइन्।
बिहीबार, वैशाख २४, २०८३
Previous
36
37
38
39
40
Next
ताजा समाचार
सबै
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
२८ मिनेट अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
४ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
४ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
२२ घण्टा अगाडि
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
२३ घण्टा अगाडि
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा गण्डकीका स्वास्थ्य सचिव डा बसौलाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा सरुवा
सोमबार, असोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा जनकपुरबाट दुई जना पक्राउ
सोमबार, असोज ५, २०८३
नेपाल चिकित्सक संघ र युएसभी फार्माद्वारा बाढीविस्थापित १५३ परिवारलाई राहत सामग्री वितरण
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
४ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search