काठमाडौं- ल्याव लाइन ट्रेडर्सले विश्व बजारमा भरपर्दा मानिएको रक्त परीक्षण उपकरण पहिलो पटक नेपालमा भित्र्याएको छ । टे«डर्सले भित्र्याएको उक्त आधुनिक प्रविधि जावलाखेलस्थित सम्यक डाइग्नोष्टिकले प्रयोगमा समेत ल्याइसकेको छ।
अमेरिकास्थित अबोट डाइगोनिष्टिक कम्पनीद्वारा निर्मित बायो केमेष्ट्री एनालाईजर नामको उक्त उपकरण विश्वभर प्रख्यात रहेको अबोट हेल्थ केयर प्रालीको डाइग्नोष्टिक डिभिजनका सेल्स स्पेसलिष्ट बद्रि नेपालीले जानकारी दिए ।
उनका अनुसार आर्किटेक्ट १००० एसआर मोडलको यो मेसिनबाट जटिल रोग पत्ता लगाउन रगत परीक्षण गरिनेछ।
ल्याव लाइन ट्रेडर्सका एमडी फणिन्द्र गिरीका अनुसार यो उपकरणको प्रयोगबाट हुने रगत परीक्षणबाट क्यान्सर, थाइराइड, बोन मेटाबोलिजम, बाँझोपन, एचआइभीलगायत जटिल रोगहरु सजिलै पत्ता लगाउन सकिने छ ।
‘परीक्षणमा भरपर्दो रिपोर्ट दिने भएकाले यसको लोकप्रियता बढी देखिएको छ,’ उनले भने, ‘निकै जटिल रोगहरु पनि प्रारम्भिक चरणमा सजिलै पत्ता लाग्ने भएकाले बिरामीको उपचार सहज हुने छ ।’
यो उपकरणको सहयोगमा मिर्गौलाको अवस्थाका विषयमा पनि परीक्षण गर्न सकिन्छ । हाल उक्त परीक्षणका लागि भारत जानुपर्ने वाध्यता छ । यसबाट बिरामीको उपचार खर्चमा समेत कटौती हुने गिरीले बताए ।