ऊ आज
किन्ने बस्तु होइन
बेच्ने बस्तु पनि होइन
सवैलाई नभै नहुने
नाइँ भन्न नमिल्ने
बाइ भन्न नमिल्ने
स्वास्थ्य सेवाको जिम्मेदार ऊ,
तर उसलाई नीतिले किन्ने र बेच्ने भाँडो बनाइदियो आज ।
जीवन र मृत्यु
बीच दूरी बनाउन प्रयत्न गर्ने
विशुद्ध सेवा उसको
कर्म पनि बचाउने
धर्म पनि बचाउने,
तर उसलाई सिथिल र कमजोर बनाइदिए आज ।
बिरामी ठिक हुँदा
रमाउने
स्यावास्सी उसैले कमाउने
लापरवाही
हेलचक्र्याई
किन गर्थ्यो ऊ,
तर उसैलाई बिरामी ठिक नहुँदा लापरवाही भनिदिए आज ।
सपना लियो
प्रतिष्ठा सहित सेवा गर्ने
मृत्युको मुखमा पुगेकालाई बचाउने
रहर बोकी,
ज्ञान र सीपले
सक्दो प्रयास गर्ने ऊ ,
तर ऊ विफल हुँदा वद्नीयत चितायो भनिदिए आज ।
ठिकै छ
उसको
ज्ञान नपुगे
ध्यान नपुगे
गल्ती पुष्टि भयो भने
सजाय सहन्छु भनेकै छ,
तर उसलाई जाल चक्रबाट जेल पठाउन आतुर भए आज ।
गाउँमा ब्यथा लागेर ढलेकी साइँली
उपचार अभावले
कहिलै उठिनन्
गाउँगाउँमा अस्पतालको नारा लगाएर
जान्ने मान्ने काठमाण्डौ आए,
साइँलीहरुलाई जोगाउँछु भन्ने ऊ ,
तर उसलाई गाउँ होइन विदेश पठाउने कानुन बनाए आज ।
दफा पढ्दा
भन्नु होला
ऐन त ठिक छ
मेडिकल बिधा बुझ्दा
गलत लाग्नेछ
अनिश्चितताको विज्ञान
सम्भावनाको कला
सीमितता र अनिश्चितताको बीच
कसरी दिन्थ्यो उपचारको ग्यारेन्टी ऊ,
तर उसलाई भगवान भनी दानवलाई झैं ब्यवहार गरे आज ।
पिरोलियो
आफ्नो मेहनत
बा आमाका सपना सम्झियो
हिजो परिवार समाजमा
ईमानदारी र सेवाभावको
पर्याय बन्दै गरेको ऊ ,
तर उसलाई उसँगै समग्र पेशालाई कलङ्कित गरियो आज ।
राज्यको
दोषी चश्माले त
उसलाई अपराधी देख्यो
चाडवाड भनेन जस्ले
परिवार भनेन जस्ले
जीन्दगीभर सिक्दै
इमान्दारी र मेहनतका साथ
ज्ञान र सीप सारा लगाई गाउ गाउ खट्ने ऊ,
तर उसलाई राज्यले पढ्न सकेन, बुझ्न सकेन आज ।
आक्रोश
उसमा बाकी छैन
न्युन ज्याला
असुरक्षित परिवेशमा
जुद्दै बानी परिसक्यो ,
पोख्नु पोखि सक्यो
छ त केवल दया
राज्य सञ्चालकहरू प्रति
बुझिदिउन् स्वास्थ्य क्षेत्रका असली समस्या भन्छ ऊ,
तर उसलाई जेल हाल्दै जनता भजाउने मेलो हुदैछ आज ।
दुख दिउँ
कहिल्यै लाग्दैन
बिरामी सबै
आफ्ना परिवार लाग्छ
उसलाई,
बुझिदिनुहोस्
तपाई हामी नै आफ्ठेरोमा जाँदैछौ
आन्दोलन बाध्यता हो
भनी क्षमा माग्छ ऊ,
तर उसले इमरजेन्सी सेवा सुचारु छ भनी सन्देश दिन्छ आज ।