उ: हेर आवासीय डाक्टर आयो
आँखा मिच्दै आला समायो
मैलो परेको सेतो कोट लगायो
बिरामी हेर्दै औषधि चलायो
कठै बिचरा आवासीय डाक्टर
आँखा नमिचोस् पनि किन
एक दिन एक रात डिउटी गरिकन
दिनभरी पनि उसले काम गर्नुपर्ने छ
आठ घन्टा काम
आठ घन्टा आराम
अनि आठ घन्टा मनोरन्जन
त्यो मजदुरहरुलाइ हो
बिचरा आवासीय डाक्टर
उ कहाँ मजदुर हो र?
उसले त छत्तीस घन्टा काम गर्नुपर्छ
हो लगातार
अनवरत रुपमा
नाम उसको आवासीय
सेवा उसको दिनरात
तर छैन बस्ने आवास
निर्वाह भत्ता नपाएको आठ महिना भैसक्यो
केले किन्ने रोटी?
केले किन्ने जाडोको टोपी?
उसले त लाउनै पर्दैन खानै पर्दैन
उसको त जहान परिवार नै हुन्न
किनकी उ आवासीय डाक्टर हो
हो
टिठलाग्दो छ
आवासीय डाक्टरको नियति
अनि महान छ
त्यो ठूलो कुर्सीमा बस्ने
चस्मा लगाउने मान्छेको थीति
दिनरात रेजिडेन्टलाई काममा लदायो
आफू मस्त कुर्सीमा निदायो
रेजिडेन्टको नाममा पैसा ल्यायो
बाँकी छ कि सबै कुम्ल्यायो?
अझै महान छ उ भन्दा माथि
रामशाहपथमा बस्नेहरुको नीति
जसभित्र छन् बेथिति नै बेथिति
थाहा छैन
कहिलेसम्म यस्तै हुने हो
बिचरा आवासीय डाक्टरहरुले
कति सजाय भोग्नुपर्ने हो
–