काठमाडौं- काठमाडौं उपत्यकामा युवतीमाथि शृंखलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा संलग्न एक युवालाई प्रहरीले सार्वजनिक गरेसँगै ती युवाले युवतीमाथि आक्रमण गरेको भिडियो पनि सार्वजनिक भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट परिचालन भएको विशेष टोलीले ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी सार्वजनिक गरे लगत्तै भिडियो पनि सार्वजनिक गरिएको हो।
पीडितहरुले सिरिन्ज जस्तो वस्तु घोपिएको बताए पनि उनले सिरिन्ज नभएर ढलानको किला रोपेको बयान दिएका छन्।
उनले बयानमा भनेका छन्, ‘किला रोपेँको हुँ। त्यो पनि युवतीलाई मात्रै रोपेको हो मैले। किला रोप्दा मजा आउने भएकाले रोपेँ।’
रामेछाप घर भएका कार्की ५ वर्ष दुबई बसेर नेपाल फर्किएको पाइएको छ। उनले महाराजगन्जमा रेस्टुरेन्टसमेत चलाउँदै आएको अनुसन्धानबाट खुलेको छ।
उनलाई महाराजगन्जको भाटभटेनी नजिकबाट गएराति साढे १२ बजे पक्राउ गरिएको थियो।
यो पनि