काठमाडौं- नेपाल नर्सिङ संघको आगामी पुस ९ गते हुने निर्वाचनकालागि पेशागत प्यानलले पनि आफ्नो घोषण पत्र सार्वजनिक गरेको छ।
गत साता प्रगतिशील प्यानलबाट अध्यक्षकी प्रत्याशी प्रा मन कुमारी राईले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेकी थिइन्।
पेशागत प्यानलले निर्वाचनका लागि २१ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ।
पेशागत प्यानलबाट प्रा मुना राना थापा अध्यक्षकी उम्मेदवार हुन्।
पेशागतले सार्वजनिक गरेको घोषणापत्रमा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा २४ घण्टा जोखिममा रहेर काम गर्ने नर्सहरुका लागि जोखिम भत्ताको व्यवस्था गर्न पहल गर्ने, नर्सिङ पेशामा भोलिन्टर प्रथा निर्मूल गर्ने लगायतका बुँदा रहेका छन्।
हेरौँ २१ बुँदे घोषणापत्र
१. नेपाल नर्सिङ संघको सदस्यता विस्तार गर्न आजीवन सदस्या शुल्क समायोजन गरी २५ सय बनाउने साथै अनलाइन सिस्टमद्दारा सदस्यता वितरण गर्ने।
२. निजी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत तलव अन्य सुविधा कम्तिमा सरकारी मापदण्ड बमोजिम गर्ने गराउन सम्बन्धित निकायलाई दवाव दिई त्यस अनुरुप भए नभएको अनुगमन गर्ने।
३. सरकारी, गैरसरकारी र निजि अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड बमोजिम विरामी र नर्सको अनुपपात कायम गर्ने र रिक्त रहेका दरबन्दीलाई परिपुर्ति गर्न पहल गर्ने।
४. सरकारी तथा निजि स्वास्थ्य संस्थाहरुमा २४ घण्टा जोखिममा रहेर काम गर्ने नर्सहरुका लागि जोखिम भत्ताको व्यवस्था गर्न पहल गर्ने।
५. नर्सिङ पेशामा भोलिन्टर प्रथा निर्मूल गर्ने।
६. नर्सिङ योजना तथा निति निमार्ण तहमा नर्सहरुको प्रतिनिधित्व गर्न र गराउन पहल गर्ने।
७. त्रि.वि अन्तर्गत नर्सिङ अध्ययन संस्थान स्थापना गर्न जोड दिने।
८. नेपाल नर्सिङ परिषद्बाट (सिपिडि) कार्यक्रम अनिवार्य लागि निति बनाउन पहल गर्ने।
९. पेशागत समस्या परेका नर्सहरुलाई कानुनी सहायताको लागि नर्सिङ हेल्थ डेस्सको स्थापना री समस्या समधान गर्ने।
१०.नर्सिङ सेवाको दायरा फराकिलो बनाउन सरकारी सरह निजी स्वास्थ्य संस्थाहरुमा तालिमको व्यवस्था गर्न पहल गर्ने र गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न, इन्ड्रस्टियल नर्स, होमबेश नर्स र जिरियाट्रिक नर्सको व्यवथा गर्न सरकारसंग पहल गर्ने।
११. विशेषज्ञ नर्स लाई विशेषज्ञताको आधारमा पद सृजना गरी पदस्थापना गर्न पहल गर्ने।
१२. नर्स कार्यस्थलमा हुने हिंसाबाट बचाउनको लागि विशेष कानुन निमार्ण गर्न सम्बन्धित निकायमा पहल गर्ने।
१३. दातृ निकायहरुसँग सहकार्य गरी, (नर्सिङ शिक्षा र सेवामा) गर्नको लागि नेपपाल नर्सिङ परिषद्सँग पहल गर्ने।
१४. मातृ मुत्युदर र शिशु मृत्युदर कम गर्न प्रसुतिको चाप बढि भएका अस्पतालहरुमा अस्पतालको हाता भित्र मिडवाइफद्धारा सञ्चालित बर्थिङ सेन्टर खोल्नका लागि पहल गर्ने।
१५. निजि तथा सरकारी सेवामा कार्यरत नर्सिङ जनशक्क्तिलाई १२ औं तहसम्म पुर्याउनका लागि दवाव दिने।
१६. नर्सिङबाट पनि प्रतिनिधित्व हुने गरी स्वास्थ्य सचिव हुनुपर्ने नियमका लागि पहल गर्ने।
१७. पारदर्शी नर्सिङ संघ स्थापना गर्ने।
१८. सशक्त युवा नेतृत्व विकास गरी विधान बमोजिम नेतृत्व हस्तान्तरण गर्ने।
१९. नर्स प्राक्टिसनरको शुरुवात प्राप्त गरेका र अनुभवी नर्सहरुलाई बढुवा गर्न पहल गर्ने।
२०. न्युनतम शैक्षिक योग्यता प्राप्पत गरेका र अनुभवी नर्सहरुलाई बढुवा गर्न पहल गर्ने।
२१. तयगत नर्सहरुको कार्य विवरण बनाउनको लागि सम्बन्धित निकायसँग पहल गर्ने।

यो पनि