काठमाडौं– नेपाल नर्सिङ संघको आगामी पुस ९ गते हुने निर्वाचनकालागि प्रगतिशील प्यानलले आफ्नो घोषण पत्र सार्वजनिक गरेको छ।
प्रगतिशील प्यानलबाट अध्यक्षकी प्रत्याशी प्रा मन कुमारी राईले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेकी हुन्। उनले संघीय संरचना अनुरुप नर्सिङ सेवालाई स्तरीय सेवाग्राही मैत्री बनाउँदै लैजाने बताएकी छन्।
नर्सिङ संघले गरेका उपलब्धिहरुलाई निरन्तरता दिँदै समाधान हुन नसकेका चुनौतिपूर्ण समस्याहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता राईले गरेकी छिन्।
प्यानलका तर्फबाट अध्यक्षमा राईका साथै वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानियाँ, महासचिवमा नर्बदा थापा, सचिवमा प्रमिला थकाली, कोषध्यक्षमा कल्पना क्षेष्ठले उम्मेवारी दिएका छन्। त्यस्तै सदस्यमा बिजया अधिकारी, हरि प्रसाद कोजु, सोनु शेर्पा, सपना बिक, अन्जु कुमारी महत्तो, कोहिनुर फारुकी, अम्बीका पौडेल, सीता केसीले उम्मेवारी दिएका छन्।
यस्ता छन् १९ बुदे घोषणा पत्र
१. वर्तमान संघीय संरचना अनुरुप नर्सिङ सेवालाई स्तरीय सेवाग्राही मैत्री बनाउँदै लाग्ने र यसको कार्य दायरालाई फराकिलो पार्दै सातवटै प्रदेशमा प्रादेशिक नर्सिङ संघ, ७७ वटै जिल्लामा जिल्ला नर्सिङ समिती लगायत स्थानीय तहमा एकाई समिती गठन गरी व्यापक रुपमा “नागरिकको नैसर्गिक अधिकार स्तरीय सुरक्षित स्वास्थ्य सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित बनाउन् पहल गर्ने।
२. नर्सिङ शिक्षा, सेवा अभ्यास र यसलाई अझ मजबूत बनाउन नर्सिङ अनुसन्धान र नर्सिङ प्रसाशन तथा व्यवस्थापन लाई एक अर्काको परिपूरका रुपमा निजी, गैर सरकारी तथा सरकारी संघ संस्थामा लागू गराउन पहल गर्ने।
३. नर्सिङ शिक्षा स्तरीय सर्व सुलभ, वैज्ञानिक बनाउन र विश्व जगतको माग अनुसार शिक्षक विद्यार्थीको अनुपात, नर्स विरामीको अनुपात, र शैक्षिक भौतिक आधारहरुको व्यवस्था गराउन पहल गर्ने।
४. सरकारी, गैर सरकारी तथा निजी संघ–संस्थामा कार्यरत नर्सहरुको सेवा सुविधामा एकरुपता ल्याउने पहल गर्ने।
५. नर्सिङ शिक्षा र सेवालाई गुणस्तरीय, मर्यादित र सर्वसुलभ बनाउन नेपाल सरकार ,नर्सिङ परिषद, विश्व स्वास्थ्य संगठन ,अन्तराष्ट्रिय नर्सिङ परिषद संग समन्वय गरी स्तरीय मापदण्डा अनुसार पारदर्शी रुपमा सुक्ष्म रुपले अनुगमन तथा मुल्याङ्गन गराउन पहल गर्ने।
६. नर्स र अन्य स्वास्थ्य सेवा प्रदायकहरु बिच भएको विभेदपर्ण व्यवहार सदाका लागि अन्त्य गर्न र गराउन पहल गर्ने । जस्तो लोक सेवा आयोग मार्फत नर्सिङमा स्नातक गरेका नर्सहरुलाई सिधै आठौं तहमा नियक्ति दिने व्यवस्था, सेवा सुविधाको हकमा खाईपाई आएको जाखिम भत काटेको हुनाले २५ प्रतिशत उपलब्ध गराउन र कार्यस्थलमा हुने स्वास्थ्य समस्या (रोग) को जीवनभर सरकार तथा सम्बन्धीत संस्थाले उपचार गर्ने गराउन पहल गर्ने ।
७. नर्सहरुको कार्य दायरा अझ फराकिलो पार्न पहल गर्ने । जस्तै स्कल हेल्थ नर्स देशभरा पुयाउन निरन्तरता दिन साथै औद्योगीक नर्सको व्यवस्था गर्न पहल गर्ने।
८. नर्सिङ संघको दर्ता शुल्क साधारण सभा मार्फत राज्यको ढाँचा र कार्यभार अनुसार पून परीमाजित गर्ने।
९. वर्तमान अवस्थामा भै रहेको गैर सरकारी, निजी तथा सरकारी संघ संस्थामा आर्थिक, मानसिक सामाजिक र शारीरिक शोषण अन्त्य गर्न विशेष किसिमको कार्य प्रणालीको विकास गर्ने व्यवस्थाको लागि विशेष पहल गर्ने।
१०. नेपाल सरकारमा एकै पदमा धेरै लामो समय सम्म कार्य गरिरहनु पर्ने विभेदपूर्ण नितिको अन्त्य गर्न र समायोजनमा र पदस्थापनामा देखापरेको टिहरूलाई समोधन गर्न पहल गर्ने ।
११. अनमी हरुलाई विशेष कार्यक्रम अन्तरगत स्टाफ नर्समा अध्ययन गराउन छात्रावृतीको व्यवस्था गर्न पहल गर्ने र स्टाफ नर्स पास गरी सकेका अ न मी हरुलाई स्टाफ नर्समा पदास्थपाना गराउन पहल गर्ने ।
१२. जनताको मौलिक अधिकार र स्तरीय स्वास्थ्य सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नको लागि स्टाफ नर्स देखि वरिष्ठ नर्सिङ प्रशााशक सम्म राज्य भरी लोक सेवा खोल्न पहल गर्ने ।
१३. सुत्केरी भएको २ वर्ष सम्म र ५० वर्ष नाघेका नर्सहरुलाई नाइट ड्युटी गर्न नलगाउने नीतिगत व्यवस्थाको लागि पहल गर्ने ।
१४. शैक्षिक योग्यता र वरिष्ठताको आधारमा नेपाल भरीका स्वास्थ्य संस्थाहरुमा प्रमुख हुने प्राबधानको नितीगत पहल गर्ने।
१५. नेपाल नर्सिङ संघको विधान समय सापेक्षित संसोधन गर्ने ।
१६. चिकित्सा शिक्षा आयोगमा रहने ४ वटा कार्यकारी निर्देशकको पदमा चिकित्सकहरुबाट मात्र प्रतिनिधित्व गर्ने गरिएकोमा नर्सिङ सेवाबाट पनि अनिवार्य प्रतिनिधित्व हुने गरी पहल गर्ने ।
१७. हाल रहेको नर्सिङ संघको केन्द्रीय कार्यालय भवनलाई व्यवसायिक भवनका रुपमा निमार्ण गर्ने ।
१८. अध्ययन गरीएको विषयगत विशेषज्ञताको आधारमा काम गर्ने वातावरण मिलाउन पहल गर्ने।
१९. अवकाश प्राप्त नर्सहरुको क्षमता र अनुभवलाई कदर गर्दै श्रर्जनात्मक कार्यमा सहभागी गराउन पहल गर्ने।