तिलोत्तमा- तिलोत्तमा–५, मणिग्रामस्थित क्रिमसन अस्पताल र लायन्स क्लव अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाको सहकार्यमा तिलोत्तमा–१६ बेहुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
अस्पतालको प्राविधिक सहयोगमा क्लवले आयोजना गरेको शिविरमा स्थानीय एक सय १५ जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए।
मधुमेह रोगलाई लक्षित गरी आयोजना गरिएको शिविरमा सहभागी सबैको निःशुल्क सुगर परीक्षण गरिएको थियो। त्यसक्रममा ४४ जनाको रगतमा सुगरको मात्रा बढी पाइएको छ।
शिविरमा जनरल फिजिसियन डा कृष्णचन्द्र गोदार नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो।
क्लवका अध्यक्ष केशवसिंह चौधरीको अध्यक्षतामा शिविरको औपचारिक उद्घाटन गरिएको थियो।
अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले शिविरबाट उपचारको पहुँचमा आउन नसकेका बिरामीले स्थानीयस्तरमै सेवा पाउन सफल भएको जानकारी दिए।