विश्व स्वास्थ्य

इटालीमा किन बढी देखियो कोरोना?

काठमाडौं-  कोरोना भाइरसको महामारीका कारण इटाली सबैभन्दा खराब दिनहरु बिताइरहेको छ।

भाइरसका कारण ५ हजारभन्दा बढीको मृत्यु भइसकेको इटालीमा नयाँ संक्रमित साढे ५ हजारभन्दा बढी भेटिएका छन्। 

धेरै मानिस भूमध्यसागरमा अवस्थित सुन्दर देश कोरोना भाइरस महामारीको नयाँ केन्द्रबिन्दु किन बन्यो भन्नेमा चिन्तित छन् । 

विज्ञहरुले इटालीमा कोराना भाइरस नराम्रोसँग फैलनुका विभिन्न कारण दिएका छन् तर यहाँ मुख्य चार कारण उल्लेख गरिएको छ।

धेरै प्रौढ भएको राष्ट्र
कोरोना संक्रमणको दर उच्च हुनु र त्यसको मृत्युदर पनि उच्च हुनुका विभिन्न कारणहरु मध्ये इटालीको जनसंख्यामा प्रौढहरु धेरै हुनु हो।

समग्र जनसंख्यामा गत वर्ष औसत आयुका ४५.४ प्रतिशत थिए जुन युरोपका सबै देशभन्दा बढी हो। यो चीनभन्दा ७ वर्ष बढी र दक्षिण कोरियाभन्दा केही बढी हो। 

गत शुक्रबार सार्वजनिक भएको विवरण अनुसार कोभिड–१९ बाट मृत्यु हुने हरुमध्ये औसत उमेर समूहका ७८.५ प्रतिशत छन्। तीमध्ये ९९ प्रतिशत त्यसअघि नै कुन न कुनै रोगबाट ग्रसित थिए। 

त्यसैले इटालीका संक्रमितहरुमध्ये मृत्युदर उच्च छ। ‘कोरोना भाइरसबाट बृद्धावस्थाका मानिस धेरै प्रभावित भएका छन्,’ अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जेनिफर डाउ्डले ट्वीटरमा लेखेका छन्, ‘प्रौढ जनसंख्या अधिक भएका देशले कोरोनाबाट जोगिन आक्रामक सावधानीका उपाय अपनाउन आवश्यक छ।

यद्यपि, ४७.३ प्रतिशत औसत आयु भएको जापानमा ३५ जनाको मात्रै मृत्यु भएको छ। 

त्यसैले उमेरमात्रै कोरोनाबाट मृत्यु हुने कारणचाहिँ होइन।

दुर्भाग्य? 
वैज्ञानिकहरुलाई लाग्छ कि चीनपछि यस्तो अवस्थामा जुन कुनै देश पनि पुग्न सक्थ्यो। ‘मलाई लाग्छ इटाली किन ? भन्ने प्रश्न महत्वपूर्ण हो र यसको उत्तर सजिलो छ– कुनै कारण छैन’,  जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक यास्चा मोंकले क्यानडाको सिबिसी टेलीभिजनसँग भनेका छन्, ’यसले इटालीलाई मात्रै किन फरक बनायो भन्दा जर्मनी, संयुक्त राज्य अमेरिका र क्यानडामा आउनुभन्दा १० दिन अघि नै दुई जोडी बिरामी देखिएका थिए।’

युरोपेली देशहरु स्पेन र फ्रान्समा इटालीकै जस्तो ‘ट्रेन्ड’ देखिन थालेको छ र केही हप्तामा त्यहाँको भन्दा बढी मृत्यु र संक्रमण हुन सक्छ।
मोंक भन्छन्, ‘यदि देशहरुले यसप्रति समयमै उचित कदम चालेनन् भने उनीहरु इटाली बन्नेन्छन्।’

धराशायी प्रणाली
स्वास्थ्य सेवा प्रणाली एउटा सन्तृप्त बिन्दुमा पुगेपछि रोग निकै तीब्र रफ्तारमा फैलिन्छ भन्ने तितो सत्य इटालीको धराशायी उत्तरी क्षेत्रबाट सिक्न सकिन्छ। श्वासप्रश्वास प्रणालीमा समस्या भएका बिरामीको चिकित्सकले जीवन मरणको निर्णय लिनु त्यसको संकेत हो। 

जाँच र गणना 
कोभिड–१९ को परीक्षणका लागि परीक्षण किटको अभाव हुन्छ भन्ने विश्वले अचानक महसुस गर्‍यो। इटाली जस्ता राष्ट्रहरु केबल पहिले नै जरो र खोकीको लक्षण भएका मानिसको मात्रै परीक्षण र उपचार गरिरहेका छन्। 

दक्षिण कोरियासँग दैनिक १० हजारको परीक्षण गर्ने किट र उपकरण छन्। जर्मनीले पनि यही तरिका अपनायो र मृत्युदर केही घटाउन सक्यो। इटालीमा किन मृत्युदर उच्च छ र कोभिड–१९ को संक्रमण अरु देशमा भन्दा धेरै तीब्र छ भन्ने कुरा यसले आंशिक रुपमा मात्रै देखाउँछ। 

अमेरिकाजस्ता देशलाई दैनिक एक लाखको परीक्षण गर्न सजिलो हुने हार्भर्ड विश्वविद्यालयका प्राध्यापक माइकल मिना बताउँछन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने