विश्व स्वास्थ्य

इटालीमा कोरोना संक्रमित ९५ वर्षकी महिला उपचारपछि घर फर्किइन्

एजेन्सी- कोरोना भाइरसबाट पाँच हजार बढीको ज्यान गुमेको इटलीबाट एउटा खुसीको खबर सार्वजनिक भएको छ। कोरोना भाइरस संक्रमणसँगै जोडिएको खुसीको खबर हो, ९५ वर्षकी अल्मा क्लारा कोर्सिनी कोरोना भाइरस संक्रमित भए पनि उपचारपछि निको भएकी छिन्। 

मार्च ५ मा स्थानीय मोदेना अस्पतालमा भर्ना गरिएकी उनी उपचारपछि डिस्चार्ज भएर घर फर्किएकी छिन्। बेलायतको द टेलिग्राफका अनुसार कोर्सिनी इटलीमा कोरोना भाइरस लागेर उपचारपछि ठीक भएकी सबैभन्दा बढी उमेरकी संक्रमित महिला हुन्। 

उनी मार्च ५ मा अस्पताल भर्ना भएकी थिइन्। एन्टी भाइरल थेरापी नचलाइकन उनी निको भएकी हुन्। 

कोरोना भाइरस संक्रमणमा ६० वर्ष माथिका उमेर समूहलाई बढी जोखिम देखिने विभिन्न तथ्यांकहरुले देखाए पनि उपचारपछि ठीक हुने पनि देखिएका छन्। 

गत साता ९७ वर्षका पुरुष संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका थिए। २ हप्ताको उपचारपछि उनी सन्चो भएर डिस्चार्ज भएका थिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने