काठमाडौं– कोरोना भाइरसबाट उपचारपछि निको भएर घर फर्किनेको संख्या ५ लाख ७० हजार नाघेको छ।
नेपाली समय अनुसार शनिबार दिउसो ३ बजे सम्म ५ लाख ७० हजार ७ सय १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार २२ लाख ५० हजार ५ सय ५० संक्रमित मध्य १ लाख ५४ हजार २सय ९१ जनाको मृत्यु भइसकेको छ।
अमेरिकामा सबैभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ७ लाख ६ हजार ७ सय ७९ पुगेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या ३७ हजार १ सय ७५ पुगेको छ।
निको भएर घर र्फिर्कनेको संख्या
जर्मनीमा सबैभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्। जर्मनीमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ८३ हजार १ सय १४ पुगेको छ।
चीनमा ७७ हजार ५ सय ७८ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
स्पेनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ७४ हजार ७ सय ९७ पुगेको छ।
अमेरिकामा उपचारपछि निको भएर घर फर्किनेको संख्या ५९ हजार ६ सय ७२ पुगेको छ।
इरानमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ५४ हजार ६४ पुगेको छ।
इटालीमा ४२ हजार ७ सय २७ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा उपचारपछि निको भएर घर फर्किनेको संख्या ३५ हजार ९ पुगेको छ।
स्विजरल्याण्डमा १६ हजार ४ सय मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
ब्राजिलमा १४ हजार २६ जना घर फर्किसकेका छन्।
क्यानाडामा १० हजार ५ सय ५९घर फर्किसकेको छन्।
अष्ट्रियामा उपचारपछि निको भएर घर फर्किनेको संख्या १० हजार २ सय १४ पुगेको छ।
टर्कीमा उपचारपछि घर फर्किनेको संख्या ८ हजार ६ सय ३१ पुगेको छ। बेल्जियमा ७ हजार ९ सय ६१ मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।
दक्षिण कोरियामा ७ हजार ९ सय ३७ जना मानिस निको भएर घर फर्किसकेका छन्।
भारतमा २ हजार ४५ जना निको भएर घर फर्किसकेका छन्। पाकिस्तानमा निको भएर घर फर्किनेको संख्या १ हजार ८ सय ३२ पुगेको छ।
नेपालमा निको भएर घर फर्किनेको संख्या २ पुगेको छ।