काठमाडौं - शनिबार राती नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका व्यक्ति विराटनगरको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।
संक्रमण देखिएका व्यक्तिका विषयमा थप विवरण संकलन भइरहेको बताइएको छ।
यो सहित नेपालमा संक्रमितको संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयले अहिले राती ८ बजे दिएको जानकारी अनुसार ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।
नेपालमा हालसम्म ३१ जनामा संक्रमण देखिए पनि २ जना भने निको भइसकेका छन्।
शुक्रबार एकै पटक १४ नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३० पुगेको थियो।
मन्त्रालयका अनुसार शुक्रबार भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ।
अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।