काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५६ हजार नाघेको छ। नेपाली समय अनुसार शनिबार राती ९ बजेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ७६ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर २२ लाख ७३ हजार ९ सय ८६ जना मानिस संक्रमित भएका छन्।
अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमित हुनेको संख्या ७ लाख ६ हजार ८ सय ३० पुगेको छ। स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ९१ हजार ७ सय २६ पुगेको छ। इटालीमा १ लाख ७२ हजार ४ सय ३४ जना संक्रमित भएका छन्।
संक्रमित मध्ये ५ लाख ७९ हजार १ सय ५५ जना निको भएर घर फर्किसकेका छन्।
जर्मनीमा ८५ हजार ४ सय जना निको भएर घर फर्किसकेका छन्। चीनमा घर फर्किनेको संख्या ७७ हजार ६ सय १४ पुगेको छ।
स्पेनमा ७४ हजार ७ सय ९७ जना निको भएर घर फर्किसकेका छन्। अमेरिकामा ५९ हजार ६ सय ७२ जना निको भएर घर फर्किसकेका छन् ।
मृत्यु हुनेको संख्या कुन देशमा कति?
अमेरिकामा ३७ हजार १ सय ७५ जना मानिसको मृत्यु भएको छ।
इटालीमा २२ हजार ७ सय ४५ जना मानिसको मृत्यु भएको छ।
स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ४३ पुगेको छ।
फ्रान्समा १८ हजार ६ सय ८१ जनाको ज्यान गएको छ।
युकेमा मृत्यु हुनेको संख्या १५ हजार ४ सय ६४ पुगेको छ।
बेल्जियममा ५ हजार ४ सय ५३ जनाको मृत्यु भएको छ।
इरानमा मृत्यु हुनेको संख्या ५ हजार ३१ पुगेको छ।
चीनमा मृत्यु हुनेको संख्या ४ हजार ५ सय १२ पुगेको छ।
जर्मनीमा मृत्यु हुनेको संख्या ४ हजार ३ सय ७७ पुगेको छ।
नेदरल्याण्डमा ३ हजार ६ सय १ जनाको मृत्यु भएको छ।
ब्राजिलमा मृत्यु हुनेको संख्या २ हजार १ सय ७१ पुगेको छ।
भारतमा ४ सय ८८ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा १ सय ४३ जनाको मृत्यु भएको छ।
बंगालादेशमा मृत्यु हुनेको संख्या ८४ पुगेको छ।