काठमाडौं– कोरोना भाइरसका संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ६ लाख ४ हजार नाघेको छ।
नेपाली समय अनुसार आइतबार बेलुका ९ बजेसम्म निको भएर घर फर्किनेको संख्या ६ लाख ४ हजार ५ सय ७३ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार २३ लाख ५५ हजार ७ सय ६७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ७ लाख ३५ हजार ३ सय ६६ पुगेको छ। स्पेनमा १ लाख ९५ हजार ९ सय ४४ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। इटालीमा संक्रमितको संख्या १ लाख ७५ हजार ९ सय २५ पुगेको छ।
भारतमा संक्रमितको संख्या १६ हजार ३ सय ६५ पुगेको छ। पाकिस्तानमा ७ हजार ९ सय ९३ जना संक्रमित भएका छन्। बंगलादेशमा २ हजार ४ सय ५६ जना संक्रमित भएका छन्। नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ।
विश्वमा १ लाख ६२ हजार ३२ जनाको मृत्यु भइसकको छ। अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ६८ पुगेको छ।
इटालीमा २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ। स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ५३ पुगेको छ। फ्रान्समा मृत्यु हुनेको संख्या १९ हजार ३ सय २३ पुगेको छ। युकेमा १६ हजार ६० जनाको मृत्युु भएको छ। भारतमा ५ सय २१ जनाको मृत्यु भएको छ। पाकिस्तानमा १ सय ५९ जनाको मृत्यु भएको छ।
निको भएर घर फर्किने कुन देशमा कति
जर्मनीमा ८८ हजार जना मानिस निको भएर घर फर्किसकेका छन्।
चीनमा घर फर्किनेको संख्या ७७ हजार ६ सय ८७ पुगेको छ।
स्पेनमा ७६ हजार ३ सय ५७ जना निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा ६६ हजार ८ सय ५४ जना निको भएर घर फर्किसकेका छन्।
इरानमा घर फर्किनेको संख्या ५७ हजार २३ पुगेको छ।
इटालीमा ४४ हजार ९ सय २७ पुगेको छ।
फ्रान्समा ३६ हजार ५ सय ८८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
स्विजरल्याण्डमा १७ हजार १ सय जना निको भएर घर फर्किसकेका छन्। ब्राजिलमा १४ हजार २६ जना निको भएर घर फर्किसकेका छन्।
क्यानाडामा ११ हजार २ सय १६ जना निको भएर घर फर्किसकेका छन्।
अष्ट्रियामा १० हजार ५ सय १ जना निको भएर घर फर्किसकेका छन्।
टर्कीमा १० हजार ४ सय ५३ जना मानिस निको भएर घर फर्किसकेका छन्।
भारतमा २ हजार ४ सय ६६ जना निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा १ हजार ८ सय ६८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
नेपालमा निको भएर घर फर्किनेको संख्या ४ पुगेको छ।