काठमाडौं– कोरोना भाइरसको संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेकको संख्या ६ लाख २९ हजार नाघेको छ।
नेपाली समय अनुसार सोमबार दिउसो तीन बजेसम्म ६ लाख २९ हजार २८ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर २४ लाख ११ हजार ५ सय ५३ जना मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये १ लाख ६५ हजार ३ सय ३८ जनाको मृत्यु भएको तथ्यांक छ।
निको भएर घर फर्किनेको संख्या
जर्मनीमा निको भएर घर फर्किनेको संख्या ९१ हजार ५ सय पुगेको छ।
चीनमा ७७ हजार ७ सय १५ जना मानिस निको भएर घर फर्किसकेका छन्।
स्पेनमा निको भएर घर फर्किनेको संख्या ७७ हजार ३ सय ५७ पुगेको छ।
अमेरिकामा ७० हजार ९ सय ८० जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इरानमा ५७ हजार २३ जना निको भएर घर फर्किसकेका छन्।
इटालीमा उपचारपछि घर फर्किनेको संख्या ४७ हजार ५५ पुगेको छ।
फ्रान्समा ३७ हजार १ सय ८८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
ब्राजिलमा २२ हजार १ सय ३० जना मानिस निको भएर घर फर्किसकेका छन्।
स्विजरल्याण्डमा १७ हजार ८ सय मानिस निको भएर घर फर्किसकेका छन्।
टर्किमा ११ हजार ९ सय ७६ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
क्यानाडामा ११ हजार ८ सय ५२ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अष्ट्रियामा १० हजार ५ सय १ जना निको भएर घर फर्किसकेका छन्।
भारतमा २ हजार ८ सय ५४ जना मानिस निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा १ हजार ९ सय ७० जना मानिस निको भएर घर फर्किसकेका छन्।
नेपालमा निको भएर घर फर्किनेको संख्या ४ पुगेको छ।