काठमाडौं- नेपाल चिकित्सक संघका सदस्य डा नविनकुमार ठाकुरको सोमबार निधन भएको छ।
डा ठाकुरको मस्तिष्कघातका कारण निधन भएको हो। उच्च रक्तचाप र मधुमहेका समेत बिरामी रहेका उनी आईतबार त्रिवि शिक्षण अस्पतालको आईसीयुमा भर्ना भएका थिए।
चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै ठाकुरको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) बाट एमविविएस गरेका उनले जापानबाट जिडियाष्ट्रिक मेडिसिनमा पिएचडी गरेका थिए।
उनी करीब २५ वर्ष स्वास्थ क्षेत्रमा सक्रिय थिए। संघले उनको दिवंगत आत्माको चीर शान्तीको कामना गर्दै सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।