काठमाडौं– अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ।
नेपाली समय अनुसार बुधबार बिहान ७ बजेसम्मको तथ्यांकमा अमेरिकामा मर्नेको संख्या ४५ हजार ३ सय १८ पुगेको हो। अमेरिकामा २४ घण्टामा २ हजार ८ सय जनाको ज्यान गएको छ।
त्यस्तै इटालीमा मृत्यु हनेको संख्या २४ हजार ६ सय ४८ पुगेको छ। स्पेनमा २१ हजार २ सय ८२ जनाका मृत्यु भएको छ। फ्रान्समा २० हजार ७ सय ९६ जनाको मृत्यु भएको छ। युकेमा मृत्यु हुनेको संख्या १७ हजार ३ सय ३७ पुगेको छ। भारतमा मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ। पाकिस्तानमा २ सय १ जनाको मृत्यु भएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा १ लाख ७७ हजार २ सय जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा संसारभर ७ हजार भन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक रहेको छ।
त्यस्तै २४ घण्टामा संसारभर ७५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। यो सँगै संक्रमितको संख्या २५ लाख ६१ हजार ४४ पुगेको छ।
२४ घण्टामा अमेरिकामा २५ हजारभन्दा संक्रमित बिरामी थपिएका छन्। योसँगै अमेरिकामा ८ लाख २४ हजार १ सय ४७ जना मानिस संक्रमित भएका छन्। त्यस्तै स्पेनमा संक्रमितको संख्या २ लाख ४ हजार १ सय ७८ पुगेको छ। इटालीमा संक्रमितको संख्या १ लाख ८३ हजार ९ सय ५७ पुगेको छ।
फ्रान्समा संक्रमितको संख्या १ लाख ५९ हजार २ सय ९९ पुगेको छ। जर्मनीमा संक्रमितको संख्या १ लाख ४८ हजार ४ सय ५३ पुगेको छ। युकेमा १ लाख ३० हजार १ सय ७२ जना संक्रमित भएका छन् ।
भारतमा संक्रमितको संख्या २० हजार ८० पुगेको छ। पाकिस्तानमा ९ हजार ५ सय ६५ जना मानिस संक्रमित भएका छन्। नेपालमा संक्रमितको संख्या ४१ पुगेको छ।
विश्वभर उपचार पछि निको भएर घर फर्किनेको संख्या ६ लाख ८१ हजार २ सय १६ पुगेको छ।
निको हुनेको संख्या कुन देशमा कति?
जर्मनीमा ९५ हजार २ सय जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
स्पेनमा ८२ हजार ५ सय १४ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
चीनमा ७७ हजार ७ सय ९९ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा निको हुनेको संख्या ७५ हजार २ सय ४ पुगेको छ।
इरानमा ६० हजार ९ सय ६५ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इटालीमा ५१ हजार ६ सय मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा निको भएर घर फर्किनेको संख्या ३९ हजार ८ सय १९ पुगेको छ।
ब्राजिलमा २२ हजार ९सय ९१ जना मानिस निको भएर घर फर्किसकेका छन्।
स्विजरल्याण्डमा निको भएर घर फर्किनेको संख्या १९ हजार ४ सय पुगेको छ।
टर्कीमा उपचारपछि निको भएर घर फर्किनेको संख्या १४ हजार ९ सय १८ पुगेको छ।
क्यानाडामा १३ हजार १ सय ८८ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अष्ट्रियामा १० हजार ९ सय ७१ जना मानिस उपचारपछि घर फर्किसकेका छन्।
भारतमा ३ हजार ९ सय ७५ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा २ हजार ७३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
नेपालमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ५ पुगेको छ।