काठमाडौं – कोरोना भाइरसबाट संक्रमित बिरामी उपचार पछि निको भएर घर फर्किनेको संख्या ६ लाख ९२ हजार नाघेको छ।
नेपाली समय अनुसार बुधबार दिउसो साढे ३ बजेसम्म कोरोनाबाट संक्रमित बिरामी निको भएर घर फर्किनेको संख्या ६ लाख ९२ हजार ३ सय ३३ पुगेको छ।
जर्मनीमा निको भएर घर फर्किनेको संख्या ९९ हजार ४ सय पुगेको छ। स्पेनमा ८५ हजार ९ सय १५ जना मानिस निको भएर घर फर्किसकेका छन्।
चीनमा ७७ हजार ८ सय २९ जना मानिस निको भएर घर फर्किसकेका छन्। अमेरिकामा ७५ हजार ६ सय ७३ जना मानिस निको भएर घर फर्किसकेका छन्। इरानमा निको भएर घर फर्किनेको संख्या ६० हजार ९ सय ६५ पुगेको छ। इटालीमा ५१ हजार ६ सय जना निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या २५ लाख ७८ हजार ९ सय ३० पुगेको छ।
अमेरिकामा संक्रमितको संख्या ८ लाख २५ हजार ३ सय ६ जना मानिस संक्रमित भएका छन्।
संसारभर १ लाख ७७ हजार ६ सय २ जनाको मृत्यु भएको तथ्यांक रहेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार ३ सय ४३ पुगेको छ।
एसियन देशको अवस्था
टर्कीमा संक्रमितको संख्या ९५ हजार ५ सय ९१ पुगेको छ। २ हजार २ सय ५९ जनाको मृत्यु भएको छ।
इरानमा ८४ हजार ८ सय २ जना मानिस संक्रमित भएका छन्। ५ हजार २ सय ९७ जना मानिसको मृत्यु भएको छ।
चीनमा ८२ हजार ७ सय ८८ जना मानिस संक्रमित भएका छन्। ४हजार ६ सय ३२ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २० हजार १ सय ७८ पुगेको छ। मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ।
इजरायलमा १४ हजार ३ सय २६ जना संक्रमित भएका छन्। १ सय ८७ जनाको मृत्यु भएको छ।
साउदी अरबमा संक्रमितको संख्या ११ हजार ६ सय ३१ पुगेको छ। १ सय ९ जनाको मृत्यु भएको छ।
जापानमा ११ हजार ५ सय १२ जना मानिस संक्रमित भएका छन्। २ सय ८१ जनाको मृत्यु भएको छ।
दक्षिण कोरियामा संक्रमित हुनेको संख्या १० हजार ६ सय ९४ पुगेको छ। २ सय ३८ जनाको मृत्यु भएको छ।
सिंगापुरमा १० हजार १ सय ४१ जना मानिस संक्रमित भएका छन्। ११ जनाको मृत्यु भएको छ।
पाकिस्तानमा ९ हजार ७ सय ४९ जना संक्रमित भएका छन्। २ सय ९ जनाको मृत्यु भएको छ।
नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ भने ६ जना निको भएका छन्।