काठमाडौं- कोभिड१९को उपचारका लागि भारत र चीनको तिब्ब्तले आवश्यक पर्ने औषधि र स्वास्थ्य सामग्र्री सहयोग गरेको छ।
भारतले १८ किसिमका विभिन्न २३ टन औषधि नेपाललाई सहयोग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालका लागि भारतीय राजदुतमार्फत बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।
चीनको तिब्बतले कोरोनाको परीक्षण तथा रोकथामका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको मन्त्रालयले जनाएको छ।
चीनले पिसिआर मेसिन २, इन्फ्रारेड थर्मोमिटर १ हजार, टेष्टिङ किट २० हजार, पिपिई १० हजार सेट, एन ९५ मास्क १० हजार थान र वेट वाइप विथ अल्कोहल ५० सहयोग गरेको छ।
वल्र्ड भिजन इन्टरनेशनलले पनि विभिन्न प्रदेशहरुका स्वास्थ्य संस्थामा दिने गरी १ हजार पिपिई सेट र १० थान थरमल गन मन्त्रालयलाई हस्तान्तरण गरेको छ। यस्तै, रोटरी क्लब काठमाडौं र पञ्चकन्या गु्रपले संयुक्त रुपमा २ वटा स्वाब कलेक्सन बुथ बुधबार हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ।