एजेन्सी– भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१ हजार नाघेको छ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार दिउसो साढे ३ बजेसम्म भारतमा संक्रमितको संख्या २१ हजार ३ सय ९३ जना पुगेको छ।
भारतमा अहिलेसम्म ६ सय ८१ जनाको मृत्यु भइसकेको छ। भारतमा सबै भन्दा प्रभावित राज्य महाराष्ट्र हो। जहाँ ५ हजार ६ सय ५२ जना मानिस संक्रमित भएका छन्। महाराष्ट्रमा २ सय ६९ जनाको मृत्यु भइसकेको छ।
गुजरात दोस्रो प्रभाविभ राज्य हो। जहाँ २ हजार ४ सय ७ जना संक्रमित भएका छन्। १ सय ३ जनाको मृत्यु भइसकेको छ।
भारतको राजधानी दिल्लीमा संक्रमितको संख्या २ हजार २ सय ४८ पुगेको छ। यहाँ अहिले सम्म ४८ जनाको मृत्यु भइसकेको छ। भारतमा ४ हजार ३ सय ७६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।