काठमाडौं– जर्मनीमा कोरोना संक्रमित बिरामी निको भएर घर फर्किनेको संख्या १ लाख ३ हजार नाघेको छ।
नेपाली समय अनुसार बिहिबार दिउसो तीन बजे सम्म जर्मनीमा १ लाख ३ हजार ३ सय जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर निको भएर घर फर्किने बिरामी ७ लाख १५ हजार १ सय ९१ पुगेको छ।
विश्वभरमा २६ लाख ३० हजार ७ सय ७८ जना मानिस संक्रमित भएका छन्। संसारभर १ लाख ८३ हजार ४ सय ८९ जना मानिसको मृत्यु भइसकेको छ।
उपचार पछि निको भएर घर फर्किनेको संख्या कुन देशमा कति
स्पेनमा ८५ हजार ९ सय १५ जना निको भएर घर फर्किसेकेका छन्।
चीनमा निको भएर घर फर्किनेको संख्या ७७ हजार ९ सय ११ पुगेको छ।
अमेरिकामा निको भएर घर फर्किनेको संख्या ७६ हजार ६ सय १४ पुगेको छ।
इरानमा ६३ हजार १ सय १३ जना मानिसउपचार पछि निको भएर घर फर्किसकेका छन््।
इटालीमा घर फर्किनेको संख्या ५४ हजार ५ सय ४३ पुगेको छ। फ्रान्समा ४१ हजार ३ सय ३१ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।
ब्राजिलमा उपचार पछि घर फर्किनेको संख्या २५ हजार ३ सय १८ पुगेको छ ।
स्विजरल्याण्डमा १९ हजार ९ सय मानिस उपचार पछि घर फर्किसकेका छन्।
टर्कीमा १६ हजार ४ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।
क्यानाडामा १४ हजार ४ सय ९० जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
अष्ट्रियामा ११ हजार ६ सय ९४ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
बेल्जियमा ९ हजार ४ सय ३३ जना मानिस उपचार पछि घर फर्किसकेका छन् ।
आरल्याण्डमा ९ हजार २ सय ३३ जना मानिस उपचार पछि निको भएर घरफर्किसकेका छन् ।
दक्षिण कोरियामा ८ हजार ४ सय ११ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
भारतमा ४ हजार ३ सय ७६ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
पाकिस्तानमा २ हजार ३ सय ३७ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन् । नेपालमा उपचार पछि निको भएर घर फकिनेको संख्या ७ पुगेको छ।