एजेन्सी – चीनले विश्व स्वास्थ्य संगठनलाई थप ३० मिलियन डलर दान गर्ने भएको छ।
चीनले कोभिड १९ विरूद्धको विश्वव्यापी लडाइँलाई सहयोग र्पुयाउन संगठनलाई दान गर्न लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनपुङले बताएका छन् ।
हुवाले ट्विटरमा ट्इिट गर्दैउक्त अनुदान विशेष रूपमा विकासशील देशहरूको स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्ने उद्देश्यले गरिएको बताएका छन्।
चीनले मार्च ११ मा संगठनलाई २० मिलियन डलर अनुदान प्रदान गरिसकेको बताएको छ।