काठमाडौं– अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ।
नेपाली समय अनुसार शुक्रबार दिउसो तीन बजेसम्मको तथ्यांक अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ५० हजार २ सय ४३ पुगेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढी मानिस अमेरिकामा नै संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ८ लाख ६९ हजार १ सय ७२ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा १ लाख ९० हजार ९ सय ८५ जना मानिसको मृत्यु भएको छ। संसारभर संक्रमित हुनेको संख्या २७ लाख १६ हजार ९ सय १७ पुगेको छ। संसारभर निको भएर घर फर्किनेको संख्या ७ लाख ४३ हजार ४ सय १९ पुगेको छ।
निको भएर घर फर्किनेको संख्या कुन देशमा कति
जर्मनीमा १ लाख ६ हजार ८ सय मानिस निको भएर घर फर्किसकेका छन्।
स्पेनमा ८९ हजार २ सय ५० जना निको भएर घर फर्किसेकेका छन्।
अमेरिकामा ८० हजार ९ सय ३४ जना मानिस निको भएर घर फर्किसकेका छन्।
चीनमा निको भएर घर फर्किनेको संख्या ७७ हजार ९ सय ९७ पुगेको छ।
इरानमा ६४ हजार ८ सय ४३ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।
इटालीमा निको भएर घर फर्किनेको संख्या ५७ हजार ५ सय ७६ पुगेको छ।
फ्रान्समा ४२ हजार ७ सय ७३ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
ब्राजिलमा उपचारपछि घर फर्किनेको संख्या २६ हजार ५ सय ७३ पुगेको छ।
स्विजरल्याण्डमा २० हजार ६ सय मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
टर्कीमा १८ हजार ४ सय ९१ जना निको भएर घर फर्किसकेका छन्।
क्यानाडामा १४ हजार ७ सय ६१ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अष्ट्रियामा ११ हजार ६ सय ९४ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
बेल्जियममा ९ हजार ८ सय मानिस उपचारपछि घर फर्किसकेका छन्।
आरल्याण्डमा ९ हजार २ सय ३३ जना मानिस उपचारपछि निको भएर घरफर्किसकेका छन्।
दक्षिण कोरियामा ८ हजार ५ सय १ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।
भारतमा ५ हजार १२ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा २ हजार ५ सय २७ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
नेपालमा उपचारपछि निको भएर घर फकिनेको संख्या १० पुगेको छ।