काठमाडौं- बागलुङस्थित धौलागिरी प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमण भएर उपचाररत १९ वर्षिया युवती डिस्चार्ज भएकी छिन्।
पछिल्लो दुईपटक कोरोना भाइरस परीक्षण रिपोर्ट नेगिटिभ आएपछि झण्डै एक महिना पछि उनी डिस्चार्ज हुने भएकी हुन्।
उनी गत ४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी थिइन। गत चैत १५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
उनीसँगै ४ चैतमा बेल्जियमबाट आएकी ६५ बर्षीया वृद्धामा पनि संक्रमण देखिएको थियो। उनी ६ वैशाखमै अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्।
काठमाडौं र बाग्लुङमा कोरोना संक्रमण भएर उपचाररत सबै व्यक्ति निको भएर घर फर्किएका छन्।
नेपालमा ४९ जना व्यक्तिमा संक्रमण भएको छ। जसमध्ये ११ जना व्यक्ति निको भइ घर फर्किसकेका छन्।
पछिल्लो समयमा प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। त्यहाँ सबैभन्दा बढी ३० जना कोरोना संक्रमित देखिएका छन्।
हालसम्म काठमाडौं, बाग्लुङ, पर्सा, जनकपुर, उदयपुर, भोजपुर, कैलाली, चिवतन, कञ्चनपुर, धादिङ, रौतहट र झापामा कोरोना भाइरसका संक्रमित देखिएका छन्।