काठमाडौं – अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ५ हजार भन्दा बढी पुगेको छ।
नेपाली समय अनुसार दिउसो ३ बजेसम्म अमेरिकामा संक्रमितको संख्या ९ लाख ५ हजार ३ सय ३३ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा २८ लाख १२ हजार ५ सय ५७ जना मानिस संक्रमित भएका छन्। नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ।
विश्वमा १ लाख ९७ हजार २ सय १७ जनाको मृत्यु भइसकेको छ।
निको भएर घर फर्किनेको संख्या ७ लाख ९४ हजार ३ सय ७७ पुगेको छ।
जर्मनीमा घर फर्किनेको संख्या १ लाख ९ हजार ८ सय पुगेको छ। अमेरिकामा ९९ हजार ७९, स्पेनमा ९२ हजार ३ सय ५५, चीनमा ७८ हजार १ सय ९ जना, इरानमा ६६ हजार ५ सय ९९, इटालीमा ६० हजार ४ सय ९८, फ्रान्समा ४४ हजार २ सय ७१ जना उपचार पछि निको भएर घर फर्किसकेका छन्।
भारतमा निको भएर घर फर्किनेको संख्या ५ हजार ४ सय ९८ पुगेको छ। नेपालमा उपचारपछि निको हुनेको संख्या १५ पुगेको छ।
युरोपियन देशमा कोरोना अवस्था
स्पेनमा २ लाख १९ हजार ७ सय ४ जना मानिस संक्रमित भएका छन्। २२ हजार ५ सय २४ जनाको मृत्यु भएको तथ्यांक रहेको छ।
इटालीमा संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुगेको छ। मृत्यु हुनेको संख्या २५ हजार ९ सय ६९ पुगेको छ।
फ्रान्समा १ लाख ५९ हजार ८ सय २८संक्रमित भएका छन्। २२ हजार २ सय ४५ जनाको मृत्यु भएको छ।
जर्मनीमा १ लाख ५५ हजार ५४ जना मानिस संक्रमित भएका छन्। ५ हजार ७ सय ६७ जना मानिसको मृत्यु भएको छ।
युकेमा संक्रमित हुनेको संख्या १ लाख४३ हजार ४ सय ६४ पुगेको छ। १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ।
रसियामा संक्रमितको संख्या ६८ हजार ६ सय २२ पुगेको छ। ६ सय १५ जनाको मृत्यु भएको छ।
बेल्जियममा ४४ हजार २ सय ९३ जना संक्रमित भएका छन्। ६ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ।
नेदरल्याण्डमा ३६ हजार ५ सय ३५ जना मानिस संक्रमित भएका छन्। ४ हजार २ सय ८९ जना मानिसको मृत्यु भएको छ।
स्विजरल्याण्डमा २८ हजार ६ सय ७७ जना मानिस संक्रमित भएका छन्। १ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ।
पोर्चुगलमा २२ हजार ७ सय ९७ जना संक्रमित भएका छन्। ८ सय ५४ जनाको मृत्यु भइसकेको छ।