काठमाडौं- बढी मूल्यमा माक्स बेच्ने सातदोबाटोस्थित सुवास पोलिक्लिनिक प्राइभेट लिमिटेड (प्रतिमा फार्मेसी)लाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
शनिबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा उक्त औषधि पसलले बढी मूल्यमा माक्स बेचेको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ।
त्यस्तै शनिबार नै विभागले डिल्लीबजारको राजु फ्रेस हाउसलाई पनि २ लाख रुपैयाँ गरेको छ।
उक्त मासु पसलले उपभोक्ता मूल्यसूची नराखेरै व्यापार व्यवसाय गरेको भेटिएपछि कारबाही गरिएको हो। विभागले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम बजार अनुगमन र कारबाही गर्दै आएको छ।