काठमाडौं– कोराना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ८ लाख २८ हजार नाघेको छ।
नेपाली समय अनुसार आइतबार राती ८ बजेसम्म विश्वभर ८ लाख २८ हजार २ सय ५९ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर २९ लाख १७ हजार ७३ जना मानिस संक्रमित भएका छन्। अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ९ लाख ३९ हजार २ सय ४९ पुगेको छ।
भारतमा संक्रमितको संख्या २६ हजार ९ सय १७ र नेपालमा ५२ जना छन्।
विश्वमा २ लाख ३ हजार ५ सय ४५ जनाको मृत्यु भएको तथ्यांक छ। अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार ३ सय २५ पुगेको छ। भारतमा ८ सय २६ जनाको मृत्यु भएको तथ्यांक रहेको छ।
निको हुनेको संख्या कुन देशमा कति?
जर्मनीमा १ लाख ९ हजार ८ सय मानिस निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा निको हुनेको संख्या १ लाख ५ हजार ८ सय १८ पुगेको छ।
स्पेनमा ९५ हजार ७ सय ८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
चीनमा ७८ हजार १ सय ८५ जना मानिस निको भइसकेका छन्।
इरानमा निको हुनेको संख्या ६९ हजार ६ सय ५७ पुगेको छ।
इटालीमा निको हुनेको संख्या ६३ हजार १ सय २० पुगेको छ।
फ्रान्समा निको हुनेको संख्या ४५ हजार ३ सय ७२ पुगेको छ।
ब्राजिलमा निको भएर घर फर्किनेको संख्या २९ हजार १ सय ६० पुगेको छ।
टर्कीमा २५ हजार ५ सय ८२ जना मानिस निको भएर घर फर्किसकेका छन्।
स्विाजरल्याण्डमा निको भएर घर फर्किनेको संख्या २१ हजार ३ सय पुगेको छ।
क्यानाडामा १६ हजार १३ जना मानिस निको भएर घर फर्किसकेका छन्।
अस्ट्रियामा निको भएर घर फर्किनेको संख्या १२ हजार २ सय ८२ पुगेको छ।
बेल्जियमा १० हजार ७ सय ८५ जना निको भएर घर फर्किसकेका छन्।
भारतमा निको भएर घर फर्किनेको संख्या ५ हजार ९ सय ३९ पुगेको छ।
नेपालमा १६ जना निको भएर घर फर्किसकेका छन्।