काठमाडौं– अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५ हजार नाघेको छ।
नेपाली समय अनुसार सोमबार बिहान ९ बजेसम्मको तथ्यांकमा अमेरिकामा ५५ हजार ४ सय १३ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकामा २४ घण्टामा १ हजार १ सयभन्दा बढी मासिनले ज्यान गुमाएको तथ्यांक छ।
त्यस्तै, इटालीमा २६ हजार ६ सय ४४, स्पेनमा २३ हजार १ सय ९०, फ्रान्समा २२ हजार ८ सय ५६, युकेमा २० हजार ७ सय ३२ जनाले ज्यान गुमाइसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा २ लाख ६ हजार ५ सय ४४ ज्यान गुमाएका छन्। २४ घण्टामा संसारभरमा ३ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएको तथ्यांक छ।
विश्वमा संक्रमितको संख्या २९ लाख ७१ हजार ४ सय ७७ जना पुगेको छ। २४ घण्टामा संसारभर ७३ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्।
अमेरिकामा एकै दिनमा २६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। यो सँगै अमेरिकामा संक्रमित हुनेको संख्या ९ लाख ८७ हजार १ सय ६० पुगेको छ।
त्यस्तै स्पेनमा २ लाख २६ हजार ६ सय २९, इटालीमा १ लाख ९७ हजार ६ सय २९, फ्रान्समा १ लाख ६२ हजार एक सय, जर्मनीमा १ लाख ५७ हजार ७ सय ७०, युकेमा १ लाख ५२ हजार ८ सय ४०, टर्कीमा १ लाख १० हजार १ सय ३० जना संक्रमित भएका छन्।
विश्वभर उपचारपछि निको भएर घर फर्किनेको संख्या ८ लाख ६५ हजार ७ सय ३३ पुगेको छ।
स्पेनमा १ लाख १७ हजार ७ सय २७, जर्मनीमा १ लाख १२ हजार, अमेरिकामा १ लाख ६ हजार ९ सय ८८ जना, चीनमा ७८ हजार २ सय ७७, इरानमा ६९ हजार ६ सय ५७, इटालीमा ६४ हजार ९ सय २८ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
सार्क देशको अवस्था
भारतमा आइतबार १ हजार ६ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५६ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ।
मृत्यु हुनेको संख्या ८ सय ८१ पुगेको छ। ६ हजार ५ सय २३ जना मानिस निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा एकै दिनमा ६ सय भन्दा बढी मानिस संक्रमित भएको तथ्यांक छ। आइतबार पाकिस्तानमा १२ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १३ हजार ३ सय २८ पुगेको छ। २ सय ८१ जना मानिसको मृत्यु भइसकेको छ। २ हजार ९ सय ३६ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।
बंगालादेशमा आइतबार ४ सय १८ जना मानिस संक्रमित भएका छन् भने ५ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ५ हजार ४ सय १६ पुगेको छ। १ सय ४५ जनाको मृत्यु भइसकेको छ। १ सय २२ जना मानिसलाई निको भइसकेको छ।
अफ्गानिस्तानमा आइतबार ६८ जना नयाँ बिरामी भेटीएका छन् भने ३ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ५ सय ३१ पुगेको छ। ६८ जनाको मृत्यु भइसकेको छ। २ सय ७ जना मानिसलाई निको भइसकेको छ।
श्रीलंकामा आइतबार ७१ जना मानिस संक्रमित भएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ५ सय २३ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय २० जना मानिस उपचारपछि घर फर्किसकेका छन्।
माल्दिभ्समा आइतबार ३७ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या २ सय १४ पुगेको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्।
नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा ७ जना संक्रमित भएका छन्। ४ जना निको भएर घर फर्किसकेका छन्।