-किशोरी महत
कोरोनाले धेरै सिकायो
उत्तरदेखी ब्रह्माण्ड हल्लायो
घर-घरमा डाक्टर पनि जन्मायो
आफ्नो ज्यानको महत्व बुझायो।
कोरोनाले धेरै सिकायो
लक्डाउनसँग परिचय गरायो
साबुन्-पानी हातको तालमेल मिलायो
अरुलाई संक्रमणबाट बचाउन सिकायो।
बियर मात्रै हैन भाइरस पनि कोरोना
ज्वरो, खोकी, श्वास-प्रश्वास हेरन
पोजेटिभ हैन नेगेटिभ पो राम्रो
रणभुल्ल छन विज्ञहरु हाम्रो।
पास्पोर्ट, भिसा केही नचाहिने
सिमा, नाका केहीले नछेक्ने
तरुणा भन्दा बुढाको माया
तीन फिट राखौं दुरी दायाँ-बायाँ।
जटिल छ यो भाइरसको रोकथाम
पालिकादेखि मन्त्रालय सबैको काम
धनी गरिव कसैलाई नछोड्ने
संक्रमण लागे तुरून्तै खबर गर्ने।
कोरोनाले धेरै सिकायो
घर-घरमा मास्टर शेफ जन्मायो
लाइनमा नबस्नेलाई अनलाइन ल्यायो
सामाजिक दूरी बढाउदै परिवारलाई नजिक ल्यायो।
कोरोनाले धेरै सिकायो
स्वास्थ्यकर्मीको महत्व बुझायो
संघियतालाई ठूलो चुनौती निम्त्यायो
प्रधानमन्त्रीलाई पनि डाक्टर बनायो।
कोरोनाले धेरै सिकायो
घमण्डी मानव जातिलाई धुरु-धुरु रुवायो
भिजिट नेपाल २०२० लाई तुवायो
सह-श्राब्दी विकाश लक्ष्य हासिललाई, पूरा नहुने सपना मात्रै बनायो।