काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन)ले कोरोनाको उपचारमा खटिएका चिकित्सकका लागि ज्याकेट हस्तान्तरण गरेको छ।
चिकित्सकले लागि मात्र प्रयोग गर्न मिल्ने गरी र पहिचानका लागि सहज हुने भन्दै संघले ज्याकेट उपलब्ध गराएको हो। कोरोनाको अग्रपंक्तिमा रहेर उपचारमा खटिएका चिकित्सकको सुरक्षाका लागि ज्याकेट उपलब्ध गराएको संघका महासचिव विप्लव अधिकारीले बताए।
औषधि उत्पादक संघ र नेपाल चिकित्सक संघ बीच चिकित्सकका लागि पाँच हजार ज्याकेट उपलब्ध गराउने सहकार्य भएको छ । जसमध्ये संघले आज नेपाल चिकित्सक संघलाई एक हजार ज्याकेट उपलब्ध गराएको हो।
यी ज्याकेट देशभरीका चिकित्सकलाई पुर्याउने संघले जनाएको छ । चिकित्सकको पहिचान नहुँदा विभिन्न ठाउँमा उनीहरु माथि दुव्र्यवहार हुने गरेको भन्दै सहज पहिचानका लागि ज्याकेट आवश्यक भएको अधिकारीले बताए ।