काठमाडौं - नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) वीर अस्पताल इकाईले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
वीर अस्पतालमा कार्यरत पदाधिकारी, चिकित्सक तथा अन्य कर्मचारीलाई कोरोनाको उपचारमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सामग्री उपलब्ध गराएको इकाई अध्यक्ष खुबराज आचार्यले जानकारी दिए।
सर्जिकल मास्क ८ सय थान, एन ९५ मास्क ५ सय थान र इन्फ्रारेट थर्मोमिटर दुई थान उपलब्ध गराएको हेपोनका केन्द्रीय पूर्व महासचिव दीपक मुडवरीले बताए।
उक्त सामग्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अस्पतालमा हस्तान्तरण गरेको उनले जानकारी दिए।