काठमाडौं– विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २९ लाख ९० हजार नाघेको छ।
नेपाली समय अनुसार सोमबार बेलुका ८ बजेको सम्मको तथ्यांक अनुसार विश्वमा २९ लाख ९० हजार ५ सय ५९ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा सबै भन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमित संख्या ९ लाख ६५ हजार ९ सय ५१ पुगेको छ। भारतमा संक्रमितको संख्या २८ हजार ३ सय ८० र नेपालमा ५२ जना मानिस संक्रमित भएका छन् ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा मृत्यु हुनेको संख्या २ लाख ७ हजार ४ सय ४६ पुगेको छ। अमेरिकामा सबै भन्दा बढी मानिसको मृत्यु भएको छ।
अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ४ सय २५ जनाको मृत्यु भएको छ। भारतमा मृत्यु हुनेको संख्या ८ सय ८६ पुगेको छ।
संसारभर ८ लाख ७५ हजार ४ सय ९७ जना मानिस निको भएर घर फर्किसकेका छन्।
स्पनेमा सबै भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्। स्पेनमा घर फर्किनेको संख्या १ लाख २० हजार ८ सय ३२ पुगेको छ। भारतमा ६ हजार ५ सय २३ जना मानिस घर फर्किसकेका छन्। नेपालमा घर फर्किनेको संख्या १६ पुगेको छ।
१० अफ्रिकन देशमा कोरोनाको अवस्था
अफ्रिकन देशमा ३२ हजार ८ सय ४३ जना मानिस संक्रमित भएका छन्। १ हजार ४ सय २८ जनाको मृत्यु भइसकेको छ। १० हजार १ सय १९ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।
साउथ अफ्रिकामा ४ हजार ५ सय ४६ जना मानिस संक्रमित भएका छन्। ८७ जनाको मृत्यु भएको छ। १ हजार ४ सय ७३ जना मानिस निको भएर घर फर्किसकेका छन्।
इजिप्टमा ४ हजार ५ सय ३४ जना मानिस संक्रमित भएका छन्। ३ सय १७ जना मानिसको मृत्यु भएको छ। १ हजार १ सय ७६ जना मानिस निको भएर घर फर्किसकेका छन्।
मोरोक्कोमा संक्रमित हुनेको संख्या ४ हजार १ सय १५ पुगेको छ। १ सय ६१ जनाको मृत्यु भएको छ। ६ सय ६९ जना मानिस निको भएर घर फर्किसकेका छन्।
अल्जेरिया ३ हजार ३ सय ८२ जना मानिस संक्रमित भएका छन्। ४ सय २५ जनाको मृत्यु भएको छ। १ हजार ५ सय ८ जना निको भएर घर फर्किसकेका छन्।
क्यामरोनमा १ हजार ६ सय २१ जना मानिस संक्रमित भएका छन्। ५६ जनाको मृत्यु भइसकेको छ। ७ सय ८६ जना मानिस निको भएर घर फर्किसकेका छन्।
घानामा १ हजार ५ सय ५० जना मानिस संक्रमित भएका छन्। ११ जनाको मृत्यु भएको छ। १ सय ५५ जना निको भएर घर फर्किसकेका छन्।
नाइजेरियामा १ हजार २ सय ७३ जना मानिस संक्रमित भएका छन्। ४० जनाको मृत्यु भएको छ। २ सय ३९ जना मानिस निको भएर घर फर्किसकेका छन्।
आइभोरी कोस्टमा १ हजार १ सय ५० जना मानिस संक्रमित भएका छन्। १४ जनाको मृत्यु भएको छ। ४ सय ६८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
जिबूटीमा १ हजार २३ जना मानिस संक्रमित भएका छन्। २ जनाको मृत्यु भएको छ। ४ सय ११ जना निको भएर घर फर्किसकेका छन्।
गिनीमा ९ सय ९६ जना मानिस संक्रमित भएका छन्। ७ जनाको मृत्यु भएको छ। २ सय ८ जना मानिस निको भएर घरफर्किसकेका छन्।