काठमाडौं– विश्वभरमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख ४० हजार नाघेको छ। नेपाली समय अनुसार मंगलबार बिहान साढे ७ बजे सम्ममा विश्वमा ३० लाख ४० हजार ७ सय ९ जना मानिस संक्रमित भएको तथ्यांक छ।
अमेरिकामा ९ लाख ८७ हजार ४ सय ६७, स्पेनमा २ लाख २९ हजार ४ सय २२, इटालीमा १ लाख ९९ हजार ४ सय १४, फ्रान्समा १ लाख ६५ हजार ९ सय ६२, जर्मनीमा १ लाख ५८ हजार ४ सय ३४, युकेमा १ लाख ५८ हजार ३ सय ४८, टर्कीमा १ लाख १२ हजार २ सय ६१ जना संक्रमित भएका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार २ लाख ११ हजार ९९ जना मानिसको मृत्यु भएको छ। अमेरिकामा ५६ हजार ७ सय ९८, इटालीमा २६ हजार ९ सय ७७, स्पेनमा २३ हजार ५ सय २१, फ्रान्समा २३ हजार २ सय ९३, युकेमा २१ हजार ९२ जना मानिसको मृत्यु भइसकेको छ।
नेपाली समय अनुसार मंगलबार बिहान साढे ७ बजेसम्म विश्वभर ८ लाख ९३ हजार ८ सय ७२ जना मानिस निको भएर घर फर्किसकेका छन्।
स्पेनमा १ लाख २० हजार ८ सय ३२, जर्मनीमा १ लाख १४ हजार ५ सय, अमेरिकामा १ लाख ११ हजार १ सय ९७, चीनमा ७८ हजार ३ सय ६८, इरानमा ७० हजार ९ सय ३३, इटालीमा ६६ हजार ६ सय २४, फ्रान्समा ४६ हजार २ सय ९३ जना मानिस निको भएर घर फर्किसकेका छन्।
सार्क देशको अवस्था
भारतमा सोमबार १ हजार ५ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ। मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ। ७ हजार १ सय ३७ जना मानिस निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा एकै दिनमा ५ सय भन्दा बढी मानिस संक्रमित थपिएको तथ्यांक छ। सोमबार पाकिस्तानमा ११ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १३ हजार ९ सय १५ पुगेको छ। २ सय ९२ जना मानिसको मृत्यु भइसकेको छ। ३ हजार २९ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
बंगालादेशमा सोमबार ४ सय ९७ जना मानिस संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ५ हजार ९ सय १३ पुगेको छ। १ सय ५२ जनाको मृत्यु भइसकेको छ। १ सय ३१ जना मानिसलाई निको भइसकेको छ।
अफ्गानिस्तानमा सोमबार १ सय ७२ जना नयाँ बिरामी भेटिएका छन् भने ७ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको छ। ५७ जनाको मृत्यु भइसकेको छ। २ सय २० जना निको भइसकेका छन्।
श्रीलंकामा सोमबार ६५ जना मानिस संक्रमित भएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ५ सय ८८ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय २६ जना मानिस उपचारपछि घर फर्किसकेका छन्।
माल्दिभ्समा सोमबार १२ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या २ सय २६ पुगेको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्।
नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा ७ जना संक्रमित भएका छन्। ४ जना निको भएर घर फर्किसकेका छन्।