- मनोज सिंह
जो रच्न खोज्दै थिए इतिहास उस्कै इतिहास बन्दै देखें
२४औ घन्टा जो अस्पतालमा खटिरहेका थिए उस्कै सेतो कपडामा आज जताततै रगतका छिटा देखें
जो बन्न खोज्दै थिए समाजका प्रिय,आज अपमानित गरि खेदियेको देखें।
जो ल्याउने गर्थे अरुका अनुहारमा उत्साह र हाँसो उस्कै अनुहरमा आज दुख पिडा छएको देखें।
जो बचाउन गएको थियो अरूको ज्यान
आफ्नै ज्यान बचाउदै भागेको देखें।
जसलाई ईश्वरको स्थान दिएका थियौ
सैतानको हाथबाट कुटाई खाएको देखें।
जो बचाई रहे अरूका बालबालिकाका ज्यान
उसैको बालबालिकाहरू बेघर भएको देखें।
जो अरुका परिवारमा हाँसो ल्याउने प्रयत्न गरिरहे उस्कै परिवरमा आज रुवावासी छाएको देखें।
प्रभु कस्तो अनौठो माया तिम्रो तिम्रै संसारमा!
तिमीलाई नै अस्पतालमा एक्लो रूदै देखें