काठमाडौं– अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख १२ हजार नाघेको छ। नेपाली समय अनुसार बुधबार बिहान ७ बजे सम्ममा विश्वमा १० लाख १२ हजार ३ सय ५९ जना मानिस संक्रमित भएको तथ्यांक छ। अमेरिकामा एकै दिनमा २५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्।
त्यस्तै स्पेनमा २ लाख ३२ हजार १ सय २८, इटालीमा २ लाख १ हजार ५ सय ५, फ्रान्समा १ लाख ६९ हजार ५९, युकेमा १ लाख ६२ हजार ३ सय ५०, जर्मनीमा १ लाख ५९ हजार ९ सय १२, टर्कीमा १ लाख १४ हजार ६ सय ५३ जना मानिस संक्रमित भएका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर संक्रमित हुनेको संख्या ३१ लाख १४ हजार ६ सय ५९ पुगेको छ।
२४ घण्टामा विश्वमा ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक छ। योसँगै विश्वभर २ लाख १६ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ।
अमेरिकामा ५९ हजार २ सय ६६, इटालीमा २७ हजार ३ सय ५९ , स्पेनमा २३ हजार ८ सय २२, फ्रान्समा २३ हजार ६ सय ६०, युकेमा २१ हजार ६सय ७८ जना मानिसको मृत्यु भइसकेको छ।
विश्वभर ९ लाख २५ हजार ९ सय २१ जना मानिस निको भएर घर फर्किसकेका छन्।
स्पेनमा १ लाख २३ हजार ९ सय ३, जर्मनीमा १ लाख १७ हजार ४ सय, अमेरिकामा १ लाख १५ हजार ६ सय ४८, चीनमा ७८ हजार ४ सय ३, इरानमा ७२ हजार ४ सय ३९, इटालीमा ६८ हजार ९ सय ४१, फ्रान्समा ४७ हजार ७ सय ७५ जना मानिस निको भएर घर फर्किसकेका छन्।
सार्क देशको अवस्था
भारतमा सबै भन्दा बढी मानिस संक्रमित भएका छन्। मंगलबार मात्र भारतमा १ हजार ८ सय भन्दा बढी मानिस संक्रमित भएको तथ्यांक छ। ६९ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ३१ हजार ३ सय २४ पुगेको छ। भारतमा १ हजार ८ जनाको मृत्यु भइसकेको छ। ७ हजार ७ सय ४७ जना मानिस निको भएर घर फर्किसकेका छन् ।
पाकिस्तानमा एकैदिन ६ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने २० जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ६ सय १५ पुगेको छ। मृतकको संख्या ३ सय १२ पुगेको छ। ३ हजार २ सय ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
बंगालादेशमा मंगलबार ५ सय ४९ जना मानिस संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ६ हजार ४ सय ६२ पुगेको छ। १ सय ५५ जनाको मृत्यु भइसकेको छ। १ सय ३९ जना मानिसलाई निको भइसकेको छ।
अफ्गानिस्तानमा मंगलबार १ सय २५ नयाँ बिरामी भेटीएका छन् भने १ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ८ सय २८ पुगेको छ। ५८ जनाको मृत्यु भइसकेको छ। २ सय २८ जना मानिसलाई निको भइसकेको छ।
श्रीलंकामा मंगलबार ३१ जना मानिस संक्रमित भएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ६ सय १९ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ३४ जना मानिस उपचार पछि घर फर्किसकेका छन्।
माल्दिभ्समा मंगलबार २४ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या २ सय ५० पुगेको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्।
नेपालमा मंगलबार २ जना नयाँँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५४ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा हालसम्म ७ जना संक्रमित भएका छन्। ५ जना निको भएर घर फर्किसकेका छन्।