काठमाडौं – संसारभर ९ लाख ३४ हजार भन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।
नेपाली समय अनुसार बुधबार दिउसो तीन बजेसम्म निको भएर घर फर्किनेको संख्या ९ लाख ३४ हजार ७ सय ६२ पुगेको छ।
स्पनेमा १ लाख २४ हजार ९ सय ३, जर्मनीमा १ लाख २० हजार ४ सय, अमेरिकामा १ लाख १५ हजार ९ सय ३६, चीनमा ७८ हजार ४ सय ३५, इरानमा ७२ हजार ४ सय ३९, इटालीमा ६८ हजार ९ सय ४१ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा उपचारपछि निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार ३१ लाख २५ हजार २ सय ६७ जना मानिस संक्रमित भएका छन्। नेपालमा संक्रमित हुनेको संख्या ५७ पुगेको छ।
२ लाख १७ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ।
६ उत्तर अमेरिकन देशमा कोरोनाको अवस्था
अमेरिकामा १० लाख ३५ हजार ७ सय ६५ जना मानिस संक्रमित भएका छन्। ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकको छ। १ लाख ४२ हजार २ सय ३८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
क्यानाडामा ५० हजार २६ जना मानिस संक्रमित भएका छन् २ हजार ८ सय ५९ जना मानिसको मृत्यु भइसकेको छ। १९ हजार १ सय ९० जना निको भएर घर फर्किसकेका छन्।
मेक्सिकोमा १६ हजार ७ सय ५२ जना मानिस संक्रमित भएका छन् १ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ। ११ हजार ४ सय २३ जना निको भएर घर फर्किसकेका छन्।
डोमिनिकन गणतन्त्रमा ६ हजार ४ सय १६ जना संक्रमित भएका छन्। २ सय ८६ जनाको मृत्यु भएको छ। १ हजार १ सय ६५ जना मानिस निको भएर घर फर्किसकेका छन्।
पनामा ६ हजार २ सय जना मानिस संक्रमित भएका छन्। १ सय ७६ जनाको मृत्यु भएको छ। ४ सय ८४ जना मानिस निको भएर घर फर्किसकेका छन्।
क्युबामा १ हजार ४ सय ३७ जना मानिस संक्रमित भएका छन्। ५८ जनाको मृत्यु भएको छ। ५ सय ७५ जना मानिस निको भएर घर फर्किसकेका छन्।