काठमाडौं - नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मीबाट नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बन्ने प्रावधान लागू गर्न माग गरेको छ।
संघले आज प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा ऐन २०५३ अनुसार स्वास्थ्यकर्मीबाट स्वास्थ्य मन्त्रालयको सचिव बन्ने प्रावधान लागू गर्न माग गरेको हो।
समायोजन ऐन २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएको र सेवा सञ्चालन समबन्धी अर्को ऐन नआई सकेको हुँदा स्वास्थ्य सेवा ऐन २०५३ कार्यान्वयन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।