काठमाडौं– कुवेतमा बुधबार थप १० जना नेपाली कामदारहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले १० नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो। सोसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१ पुगेको छ।
कुवेतमा कोरोना संक्रमितको जम्मा संख्या ३ हजार ७ सय ४० पुगेको छ। संक्रमितमध्ये २४ जनाको मृत्यू भएको छ। १ हजार ३ सय ७९ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा मात्रै ३ सय जनामा कोरोना संक्रमण भएको छ।