काठमाडौं- मेडिकल विद्यार्थीले लकडाउनको अवधिभर इन्टरनेट सेवा प्रदान गर्न सरकारसँग माग गरेका छन्।
एक महिनादेखि पठनपाठनबाट बञ्चित हुन पुगेको भन्दै सोसाइटी अफ मेडिकल स्टुडेट्स नेपालले इन्टरनेट सेवा प्रदान गर्न माग गरेको हो।
संघले आज विज्ञप्ति जारी गरी लकडाउनको अवधिभर विद्यार्थीलाई सहज र सर्वसुलभ इन्टरनेट सेवा प्रदान गरिदिन र जुम, स्काइप जस्ता अनलाइन भिडियो कन्फ्रेन्स सेवा निशुल्क गरिदिन सरकारलाई आग्रह गरेको छ।
लकडाउनको अवधिभर इन्टरनेटको माध्यमबाट कक्षा सञ्चालन गर्नु राम्रो विकल्प भएको उनीहरुको भनाइ छ।