काठमाडौं– कोरोना भाइरसका कारण भएको मृत्युमा युकेले स्पेनलाई समेत पछाडि पारेको छ। युकेमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २६ हजारभन्दा माथि पुगेको छ।
नेपाली समय अनुसार बेलुका ८ बजेसम्म युकेमा मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ। जबकि स्पेनमा २४ हजार २ सय ७५ को मृत्यु भएको छ।
अमेरिकामा सबै भन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ७ सय ९७ पुगेको छ। अमेरिकापछि इटालीमा २७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ। त्यसपछि युकेमा धेरैको मृत्यु भएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर २ लाख २८ हजार ६ सय २५ जनाको मृत्यु भइसकेको छ।
अमेरिका सहित विश्वका ८ देशमा एक लाख भन्दा बढी संक्रमित भएका छन्।
अमेरिकामा १० लाख ४० हजार ६ सय ८, स्पेनमा २ लाख ३९ हजार ६ सय ३९, इटालीमा २ लाख ३ हजार ५ सय ९१, फ्रान्समा १ लाख ६६ हजार ६ सय २८, युकेमा १ लाख ६६ हजार ४
सय ४१, जर्मनीमा १ लाख ६१ हजार ५ सय ५२, टर्कीमा १ लाख १७ हजार ५ सय ८९, रसियामा १ लाख ६ हजार ४ सय ४० जना मानिस संक्रमित भएका छन्।
विश्वमा ३१ लाख १८ हजार ४ सय ३० जना कोरोना संक्रमित भएका छन्।
विश्वका तीन देशमा एक लाख भन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन्। स्पेनमा १ लाख ३७ हजार ९ सय ८४, अमेरिकामा १ लाख २४ हजार २३ र जर्मनीमा १ लाख २३ हजार ५ सय जना निको भएर घर फर्किसकेका छन्।
विश्वमा ९ लाख ९१ हजार ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन्।