काठमाडौं– विश्वमा कोरोना भाइरसबाट संक्रमित बिरामी निको भएर घर फर्किनेको संख्या १० लाख १४ हजार नाघेको छ।
नेपाली समय अनुसार शुक्रबार बिहान ७ बजे सम्म घर फर्किनेको संख्या १० लाख १४ हजार ४ सय ९५ पुगेको छ। अमेरिकामा उपचारपछि निको हुनेको संख्या १ लाख ५३ हजार ९ सय ४७ पुगेको छ।
त्यस्तै जर्मनीमा १ लाख २३ हजार ५ सय, स्पेनमा १ लाख १२ हजार ५०, चीनमा ७८ हजार ५ सय २३, इटाली ७५ हजार ९ सय ४५, इरानमा ७५ हजार १ सय ३, फ्रान्समा ५० हजार ३ सय ८० जना निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा संक्रमित हुनेको संख्या ३२ लाख ५६ हजार ५ सय ७० पुगेको छ। २४ घण्टामा संसारभर ८६ हजार भन्दा बढी संक्रमित भएका छन्। अमेरिकामा मात्र ३० हजार भन्दा बढी संक्रमित भएको तथ्यांक छ । यो सँगै अमेरिकामा संक्रमितको संख्या १० लाख ६९ हजार ५ सय ३४ पुगेको छ।
त्यस्तै स्पेनमा २ लाख १३ हजार ४ सय ३५, इटालीमा २ लाख ५ हजार ४ सय ६३, युकेमा १ लाख ७२ हजार ४ सय ८१, फ्रान्समा १ लाख ६७ हजार २ सय ९९, जर्मनीमा १ लाख ६३ हजार ९, टर्कीमा १ लाख २० हजार २ सय ४ जना संक्रमित भएका छन्।
विश्वभर मृत्यु हुनेको संख्या २ लाख ३३ हजार २ सय ७५ पुगेको छ। संसारभर २४ घण्टामा ५ हजार भन्दा बढीको मृत्यु भएको छ।
अमेरिकामा २४ घण्टामा २ हजार भन्दा बढी मानिसको मृत्यु भए सँगै मृत्यु हुनेको संख्या ६३ हजार १ सय पुगेको छ।
त्यस्तै इटालीमा २७ हजार ९ सय ६७, युकेमा २६ हजार ७ सय ७१, स्पेनमा २४ हजार ५ सय ४३, फ्रान्समा २४ हजार ३ सय ७६ मानिसको मृत्यु भइसकेको छ।
सार्क देशको अवस्था
भारतमा सबै भन्दा बढी मानिस संक्रमित भएका छन्। बिहीबार भारतमा १ हजार ८ सय भन्दा बढी मानिस संक्रमित भएको तथ्यांक छ। ७५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ३४ हजार ८ सय ६३ पुगेको छ।
भारतमा १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ। ९ हजार ६८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा एकै दिनमा ९ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने १८ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १६ हजार ४ सय ७६ पुगेको छ। ३ सय ६१ जनाको मृत्यु भएको छ। ४ हजार १ सय ५ जना उपचार पछि निको भएर घर फर्किसकेका छन्।
बंगालादेशमा बिहिबार ५ सय भन्दा बढी संक्रमित भएका छन् भने ५ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ७ हजार ६ सय ६७ पुगेको छ। १ सय ६८ जनाको मृत्यु भइसकेको छ। १ सय ६० जना निको भइसकेको छन्।
अफ्गानिस्तानमा बिहिबार २ सय ३२ नयाँ बिरामी थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या २ हजार १ सय ७१ पुगेको छ। ६४ जनाको मृत्यु भइसकेको छ। २ सय ६० जना निको भइसकेको छन्।
श्रीलंकामा बिहीबार १४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ६३ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ५४ जना उपचार पछि घर फर्किसकेका छन्।
माल्दिभ्समा एकै दिनमा १ सय ९० जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या ४ सय ६८ पुगेको छ। एक जनाको मृत्यु भएको छ। १७ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा ७ जना संक्रमित भएका छन्। ५ जना निको भएर घर फर्किसकेका छन्।