काठमाडौं - स्वास्थ्यकर्मी संघका उपमहासचिव मिनराज पन्थीले ५६ जना बिरामीलाई निशुल्क औषधि उपलब्ध गराएका छन् ।
चन्द्रागिरी नगरपालिका वडा नं ६ मा भएका श्रमिक र न्यून आय भएका बिरामीलाई उपमहासचिव पन्थीले नि:शुल्क औषधि उपलब्ध गराएका हुन् ।
लकडाउनका बेला औषधि किनेर खानुपर्ने न्यून आए भएका व्यक्तिलाई औषधि किन्न आर्थिक अभाव भएको भन्दै नि:शुल्क रुपमा उपलब्ध गराएको उनले बताए ।