काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ।
नेपाली समय अनुसार शुक्रबार दिउसो ३ बजेसम्म मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ४ सय ३९ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३२ लाख ६७ हजार ८ सय ६७ जना कोरोना संक्रमित भएका छन्। नेपलामा संक्रमित हुनेको संख्या ५९ पुगेको छ।
संसारभर १० लाख १५ हजार १ हजार ८३ जना मानिस निको भएर घर फर्किसकेका छन्।
निको हुनेको संख्या कुन देशमा कति
अमेरिकामा सबै भन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन्। अमेरिकामा निको हुनेको संख्या १ लाख ५३ हजार ९ सय ४७ पुगेको छ।
जर्मनीमा १ लाख २३ हजार ५ सय जना निको भएर घर फर्किसकेका छन्।
स्पेनमा निको हुनेको संख्या १ लाख १२ हजार ५० पुगेको छ।
चीनमा ७८ हजार ५ सय २३ जना निको भएर घर फर्किसकेका छन्।
इटालीमा ७५ हजार ९ सय ४५ जना निको भएर घर फर्किसकेका छन्।
इरानमा ७५ हजार १ सय ३ जना मानिस निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा ५० हजार ३ सय ८० जना मानिस निको भएर घर फर्किसकेका छन्।
टर्कीमा निको भएर घर फर्किनेको संख्या ४८ हजार ८ सय ८६ पुगेको छ।
ब्राजिलमा ३५ हजार ९ सय ३५ जना निको भएर घर फर्किसकेका छन्।
स्विजरल्याण्डमा २३ हजार ४ सय जना निको भएर घर फर्किसकेका छन्।
क्यानाडामा निको भएर घर फर्किनेको संख्या २१ हजार ४ सय २४ पुगेको छ।
आयरल्याण्डमा १३ हजार ३ सय ८६ जना निको भएर घर फर्किसकेका छन्।
रसियामा १३ हजार २ सय २० जना निको भएर घर फर्किसकेका छन्।
अष्ट्रियामा १२ हजार ९ सय ७ जना निको भएर घर फर्किसकेका छन्।
बेल्जियममा निको भएर घर फर्किनेको संख्या ११ हजार ५ सय ७६ पुगेको छ।
मेक्सिकोमा ११ हजार ४ सय २३ जना निको भएर घर फर्किसकेको छन्।
पेरुमा निको भएर घर फर्किनेको संख्या १० हजार ४ सय ५ पुगेको छ।
भारतमा निको भएर घर फर्किनेको संख्या ९ हजार ६८ पुगेको छ।
नेपालमा निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।