काठमाडौं– अमेरिकामा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ।
नेपाली समय अनुसार शनिबार बिहान ९ बजेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७ सय ५३ पुगेको छ। अमेरिकामा २४ घण्टामा १ हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ।
त्यस्तै, इटालीमा २८ हजार २ सय ३६, युकेमा २७ हजार ५ सय १०, फ्रान्समा २४ हजार ५ सय ९४, स्पेनमा २४ हजार ५ सय ४३ मानिसको मृत्यु भइसकेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा मृत्यु हुनेको संख्या २ लाख ३८ हजार ६ सय ६३ पुगेको छ। २४ घण्टामा संसारभर ५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।
संसारभर २४ घण्टामा ९४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। योसँगै विश्वमा संक्रमित हुनेको संख्या ३३ लाख ४४ हजार ९९ पुगेको छ ।
अमेरिकामा एक दिनमै ३६ हजार भन्दा बढी संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या ११ लाख ३ हजार १ सय १५ पुगेको छ।
त्यस्तै स्पेनमा २ लाख १३ हजार ४ सय ३५, इटालीमा २ लाख ७ हजार ४ सय २८, युकेमा १ लाख ७८ हजार ६ सय ८५, फ्रान्समा १ लाख ६७ हजार ३ सय ५, जर्मनीमा १ लाख ६४ हजार ७७, टर्कीमा १ लाख २२ हजार ३ सय ९२ मानिस संक्रमित भएका छन्।
विश्वमा १० लाख ५३ हजार ३ सय २७ जना निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा १ लाख ६४ हजार १५, जर्मनीमा १ लाख २६ हजार ९ सय, स्पेनमा १ लाख १२ हजार ५०, चीनमा ७८ हजार २ सय ४९, इटालीमा ७८ हजार २ सय ४९, इरानमा ७६ हजार ३ सय १८, टर्कीमा ५३ हजार ८ सय ८, फ्रान्समा ५१ हजार १ सय २४ जना निको भएर घर फर्किसकेका छन्।
सार्क देशको अवस्था
भारतमा एकै दिनमा २ हजार ३ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ६९ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ३७ हजार २ सय ५७ पुगेको छ।
भारतमा १ हजार २ सय २३ जनाको मृत्यु भएको छ। १० हजार ७ जना निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा शुक्रबार १ हजार ६ सय भन्दा बढी संक्रमित भएका छन् भने ५६ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १८ हजार ९२ पुगेको छ। ४ सय १७ जनाको मृत्यु भएको छ। ४ हजार ३ सय ५१ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।
बंगालादेशमा शुक्रबार ५ सय ७१ जना नयाँ बिरामी थपिएका छन्। २ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ८ हजार २ सय ३८ पुगेको छ। १ सय ७० जनाको मृत्यु भइसकेको छ। १ सय ७४ जना निको भइसकेका छन्।
अफ्गानिस्तानमा शुक्रबार १ सय ६४ नयाँ बिरामी थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या २ हजार ३ सय ३५ पुगेको छ। ६८ जनाको मृत्यु भइसकेको छ। ३ सय १० जना निको भइसकेका छन्।
श्रीलंकामा शुक्रबार २७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ९० पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ६२ जना उपचारपछि घर फर्किसकेका छन्।
माल्दिभ्समा एकै दिनमा २३ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या ४ सय ९१ पुगेको छ। एक जनाको मृत्यु भएको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्।
नेपालमा शुक्रबार २ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५९ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा ७ जना संक्रमित भएका छन्। ५ जना निको भएर घर फर्किसकेका छन्।