काठमाडौं– कोरोना भाइरसबाट संक्रमित उपचारपछि निको भएर घर फर्किसनेको संख्या १० लाख ५६ हजार नाघेको छ ।
नेपाली सयम अनुसार दिउसो तीन बजेसम्म १० लाख ५६ हजार ३ सय २६ जना निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३३ लाख ४६ हजार २ सय ९७ जना संक्रमित भएका छन्। २ लाख ३८ हजार ८ सय २६ जनाको मृत्यु भइसकेको छ।
प्रभावित देशमा कति नमूना परीक्षण गर्दा कति संक्रमित?
अमेरिकामा ६५ लाख ५१ हजार ८ सय १० जनाको नमूना परीक्षण गर्दा ११ लाख ३ हजार ७ सय ८१ जना संक्रमित भेटिएका छन्।
स्पेनमा १५ लाख २८ हजार ८ सय ३३ जनाको नमूना परीक्षण गर्दा २ लाख ४२ हजार ९ सय ८८ जना संक्रमित भेटिएका छन्।
इटालीमा २० लाख ५३ हजार ४ सय २५ जनाको नमूना परीक्षण गर्दा २ लाख ७ हजार ४ सय २२ जना संक्रमित भेटिएका छन्।
युकेमा १० लाख २३ हजार ८ सय २४ मानिसमा नमूना परीक्षण गर्दा १ लाख ७७ हजार ४ सय ५४ जना संक्रमित भेटिएका छन् ।
फ्रान्समा ११ लाख २ सय २८ जनाको नमूना परीक्षण गर्दा १ लाख ६७ हजार ३ सय ४६ जना संक्रमित भेटिएका छन्।
जर्मनीमा २५ लाख ४७ हजार ५२ जनाको नमूना परीक्षण गर्दा १ लाख ६४ हजार ७७ जना संक्रमित भेटिएका छन्।
टर्कीमा १० लाख ७५ हजार ४८ जनाको नमूना परीक्षण गर्दा १ लाख २२ हजार ३ सय ९२ जना संक्रमित भेटिएका छन्।
रसियामा ३७ लाखमा नमूना परीक्षण गर्दा १ लाख १४ हजार ४ सय ३१ जना संक्रमित भेटिएका छन्।
भारतमा ९ लाख ७६ हजार ३ सय ६३ जनामा नमूना परीक्षण गर्दा ३७ हजार ३ सय ३६ जना संक्रमित भेटिएका छन्।
नेपालमा ६० हजार ३ सय ७४ जनाको नमूना परीक्षण गर्दा ५९ जना संक्रमित भेटिएका छन्।