काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ११ लाख ४ हजार नाघेको छ।
नेपाली समय अनुसार शनिबार बेलुका ८ बजेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या ११ लाख ४ हजार ३ सय ४५ पुगेको छ।
अमेरिकामा ६५ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ। अमेरिकामा १ लाख ६४ हजार १५ जना निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा संक्रमितको संख्या ३३ लाख ६४ हजार ५ सय ३५ पुगेको छ।
विश्वमा २ लाख ३९ हजार २ सय ३६ जनाको मृत्यु भइसकेको छ।
संसारभर १० लाख ६० हजार ६ सय १७ जना निको भएर घर फर्किसकेका छन्।
एसियन देशमा सबै भन्दा बढी प्रभावित देश
एसियामा ५ लाख ३९ हजार ४ सय ४३ जना मानिस संक्रमित भएका छन्। अमेरिकामा एसियन देशमा भन्दा दोब्बर बढी संक्रमित छन्। एसियन देशमा १९ हजार १ सय ७ जनाको मृत्यु भएको छ। २ लाख ७८ हजार ३ सय १ जना निको भएर घर फर्किसकेका छन्।
एसियामा सबैभन्दा बढी संक्रमित टर्कीमा छन्। टर्कीमा संक्रमितको संख्या १ लाख २२ हजार ३ सय ९२ पुगेको छ। ३ हजार २ सय ५८ जनाको मृत्यु भएको छ। ५३ हजार ८ सय ८ जना निको भएर घर फर्किसकेका छन्।
इरानमा संक्रमितको संख्या ९६ हजार ४ सय ४८ पुगेको छ। इरानमा ६ हजार १ सय ५६ जनाको मृत्यु भएको छ। ७७ हजार ३ सय ५० जना निको भएर घर फर्किसकेका छन्।
चीनमा ८२ हजार ८ सय ७५ जना संक्रमित भएका छन्। ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ। ७७ हजार ६ सय ८५ जना निको भएर घर फर्किसकेका छन्।
भारतमा ३७ हजार ३ सय ३७ जना संक्रमित भएका छन्। १ हजार २ सय २३ जनाको मृत्यु भएको छ। १० हजार ७ जना निको भएर घर फर्किसकेका छन्।
साउदी अरेबियामा २५ हजार ४ सय ५९ जना संक्रमित भएका छन्। जसमध्य १ सय ७६ जनाको मृत्यु भइसकेको छ। ३ हजार ७ सय ६५ जना निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा १८ हजार १ सय १४ जना संक्रमित भएका छन्। ४ सय १७ जनाको मृत्यु भएको छ। ४ हजार ७ सय १५ जना निको भएर घर फर्किसकेका छन्।
सिंगापुरमा १७ हजार ५ सय ४८ जना संक्रमित भएका छन्। १६ जनाको मृत्यु भइसकेको छ। १ हजार २ सय ६८ जना निको भएर घर फर्किसकेका छन्।
इजरायलमा संक्रमितको संख्या १६ हजार १ सय ५२ पुगेको छ। २ सय २७ जनाको मृत्यु भएको छ। ९ हजार ४ सय निको भएर घर फर्किसकेका छन्।
कतारमा १४ हजार ८ सय ७२ जना संक्रमित भएका छन्। १२ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ३४ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा संक्रमित हुनेको संख्या ५९ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।