काठमाडौं– विश्वभरमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ४३ हजार नाघेको छ।
नेपाली समय अनुसार आइतबार बिहान ८ बजे सम्मको तथ्यांक अनुसार विश्वमा मृत्यु हुनेको संख्या २ लाख ४३ हजार ७ सय ९५ पुगेको छ।
२४ घण्टामा संसारभर ५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा सबै भन्दा बढीको मृत्यु भएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ४ सय ४४ पुगेको छ। त्यस्तै इटालीमा २८ हजार ७ सय १०, युकेमा २८ हजार १ सय ३१, स्पेनमा २५ हजार एक सय, फ्रान्समा २४ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या ३४ लाख २६ हजार ७ सय ११ पुगेको छ। एकै दिनमा संसारभर ८३ हजार भन्दा बढी मानिस संक्रमित भएको तथ्यांक छ।
अमेरिकामा २४ घण्टामा २९ हजार भन्दा बढी संक्रमित भएको तथ्यांक छ। योसँगै अमेरिकामा संक्रमितको संख्या ११ लाख ३२ हजार ५ सय १२ पुगेको छ। त्यस्तै स्पेनमा २ लाख १६ हजार ५ सय १२, इटालीमा २ लाख ९ हजार ३ सय २८, युकेमा १ लाख ८३ हजार ५ सय, फ्रान्समा १ लाख ६८ हजार ५ सय १८, जर्मनीमा १ लाख ६४ हजार ९ सय ६७, टर्कीमा १ लाख २४ हजार ३ सय ७५ जना संक्रमित भएका छन्।
विश्वभर १० लाख ९३ हजार ४६ जना निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा १ लाख ७५ हजार ३ सय ८२, जर्मनीमा १ लाख २९ हजार, स्पेनमा १ लाख १७ हजार २ सय ४८, इटालीमा ७९ हजार ९ सय १४, चीनमा ७८ हजार ५ सय ८६, इरानमा ७७ हजार ३ सय ५० जना निको भएर घर फर्किसकेका छन्।
सार्क देशको अवस्था
भारतमा एकै दिनमा २ हजार ४ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने एक सय जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ।भारतमा मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ। १० हजार ८ सय १९ जना निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा शनिबार ९ सय ३० जना संक्रमित भएका छन् भने २० जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १९ हजार २२ पुगेको छ। ४ सय ३७ जनाको मृत्यु भइसकेको छ। ४ हजार ७ सय ५३ जना उपचार पछि निको भएर घर फर्किसकेका छन्।
बंगालादेशमा शनिबार ५ सय ५२ जना नयाँ बिरामी थपिएका छन्। ५ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ८ हजार ७ सय ९० पुगेको छ। १ सय ७५ जनाको मृत्यु भइसकेको छ। १ सय ७७ जना निको भइसकेका छन्।
अफ्गानिस्तानमा शनिबार १ सय ३४ नयाँ बिरामी थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या २ हजार ४ सय ६९ पुगेको छ। ७२ जनाको मृत्यु भइसकेको छ। ३ सय ३१ जना निको भइसकेका छन्।
श्रीलंकामा शनिबार १२ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ सय २ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ७२ जना उपचारपछि घर फर्किसकेका छन्।
माल्दिभ्समा एकै दिनमा २८ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या ५ सय १९ पुगेको छ। एक जनाको मृत्यु भएको छ। १८ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा ७ जना संक्रमित छन्। ५ जना निको भएर घर फर्किसकेका छन्।