काठमाडौं– कोरोना भाइरसबाट संक्रमित भएकाहरु उपचारपछि निको हुने क्रम बढ्दै गएको छ। नेपाली समय अनुसार आइतबार दिउसो तीन बजे सम्म निको भएर घर फर्किनेको संख्या १० लाख ९७ हजार ८ सय ५८ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा संक्रमितको संख्या ३४ लाख ४० हजार ९ सय ४ पुगेको छ।
संसारभर २ लाख ४३ हजार ९ सय २२ जनाको मृत्यु भइसकेको छ।
निको भएर घर फर्किनेको संख्या कुन देशमा कति
अमेरिकामा १ लाख ७५ हजार ३ सय ८२ जना निको भएर घर फर्किसकेका छन्।
जर्मनीमा उपचारपछि निको भएर घर फर्किनेको संख्या १ लाख ३० हजार ६ सय पुगेको छ।
स्पेनमा १ लाख १७ हजार २ सय ४८ जना निको भएर घर फर्किसकेका छन्।
इटालीमा ७९ हजार ९ सय १४ जना निको भएर घर फर्किसकेका छन्।
चीनमा ७८ हजार ५ सय ५६ जना निको भएर घर फर्किसकेका छन्।
इरानमा ७७ हजार ३ सय ५० जना निको भएर घर फर्किसकेका छन्।
टर्कीमा ५८ हजार २ सय ५९ जना निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा ५० हजार ६ सय ६३ जना निको भएर घर फर्किसकेका छन्।
ब्राजिलमा ४० हजार ९ सय ३७ जना निको भएर घर फर्किसकेका छन्।
स्विजरल्याण्डमा निको भएर घर फर्किनेको संख्या २४ हजार २ सय पुगेको छ।
क्यानाडामा २३ हजार ८ सय १४ जना निको भएर घर फर्किसकेका छन्।
रसियामा निको भएर घर फर्किनेको संख्या १६ हजार ६ सय ३९ पुगेको छ।
मेक्सीकोमा निको भएर घर फर्किनेको संख्या १३ हजार ४ सय ४७ पुगेको छ।
आयरल्याण्डमा निको भएर घर फर्किनेको संख्या १३ हजार ३ सय ८६ जना निको भएर घर फर्किसकेका छन्।
अस्ट्रियामा १३ हजार २ सय २८ जना निको भएर घर फर्किसकेका छन्।
पेरुमा निको भएर घर फर्किनेको संख्या १२ हजार ४ सय ३४ पुगेको छ।
बेल्जियममा निको भएर घर फर्किनेको संख्या १२ हजार २ सय ११ पुगेको छ।
भारतमा निको भएर घर फर्किनेको संख्या १० हजार ८ सय १९ पुगेको छ।
नेपालमा निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।