काठमाडौं– कोरोना भाइरसका कारण विश्वभरमा मृत्यु हुनेको संख्या २ लाख ४७ हजार नाघेको छ।
नेपाली समय अनुसार सोमबार बिहान ९ बजे सम्मको तथ्यांक अनुसार विश्वभर २ लाख ४७ हजार ४ सय ७० जनाको ज्यान गइसकेको छ।
अमेरिकामा ६८ हजार ५ सय ९८, इटालीमा २८ हजार ८ सय ८४, युकेमा २८ हजार ४ सय ४६, स्पेनमा २५ हजार २ सय ६४, फ्रान्समा २४ हजार ८ सय ६४ जना संक्रमितको ज्यान गइसकेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर संक्रमित हुनेको संख्या ३५ लाख ६ हजार ७ सय २९ पुगेको छ।
अमेरिकामा ११ लाख ५७ हजार ९ सय ४५, स्पेनमा २ लाख १७ हजार ४ सय ६६, इटालीमा २ लाख १० हजार ७ सय १७, युकेमा १ लाख ८७ हजार ८ सय ४२, फ्रान्समा १ लाख ६८ हजार ९ सय २५ जना संक्रमित भएका छन्।
विश्वमा ११ लाख २५ हजार २ सय ३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।
उपचारपछि निको भएर घर फर्किनेको संख्या अमेरिकामा १ लाख ८० हजार १ सय ५२, जर्मनीमा १ लाख ३० हजार ६ सय, स्पेनमा १ लाख १८ हजार ९ सय २, इटालीमा ८१ हजार ६ सय ५४, चीनमा ७८ हजार ५ सय ८६, इरान ७८ हजार ४ सय २२ रहेका छन्।
सार्क देशको अवस्था
भारतमा आइतबार २ हजार ८ सय भन्दा बढी संक्रमित भएको तथ्यांक छ। ६८ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ। १ हजार ३ सय ९१ जनाको मृत्यु भइसकेको छ। ११ हजार ७ सय ७५ जना मानिस निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा एकै दिनमा एक हजार ६२ जना संक्रमित थपिएका छन्। २० जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या २० हजार ८४ पुगेको छ। ४ सय ५७ जनाको मृत्यु भएको छ। ५ हजार १ सय १४ जना निको भएर घर फर्किसकेका छन्।
बंगलादेशमा एकै दिनमा ६ सय ६५ जना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको तथ्यांक छ। योसँगै बंगलादेशमा संक्रमितको संख्या ९ हजार ४ सय ५५ पुगेको छ। १ सय ७७ जनाको मृत्यु भएको छ। १ हजार ६३ जना निको भएर घर फर्किसकेका छन्।
अफ्गानिस्तानमा एकैदिनमा २ सय ३५ जना संक्रमित थपिएका छन्। १३ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या २ हजार ७ सय ४ पुगेको छ। ८५ जनाको मृत्यु भइसकेको छ। ४ सय ४५ जना निको भएर घर फर्किसकेका छन्।
श्रीलंकामा आइतबार १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ सय १८ पुगेको छ। ७ जनाको मृत्यु भएको छ। १ सय ८४ जना निको भएर घर फर्किसकेका छन्।
माल्दिभ्समा ८ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ सय २७ पुगेको छ। एक जनाको मृत्यु भएको छ। १८ जना निकोे भएर घर फर्किसकेका छन्।
आइतबार नेपालमा १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७५ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा संक्रमितको संख्या ७ पुगेको छ भने ५ जना निको भएर घर फर्किसकेका छन्।