काठमाडौं– विश्वमा कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ११ लाख २९ हजार नाघेको छ।
नेपाली समय अनुसार सोमबार दिउसो ३ बजेसम्मको तथ्यांक अनुसार निको भएर घर फर्किनेको संख्या ११ लाख २९ हजार ८ सय ३४ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख १९ हजार ९ सय १ पुगेको छ।
विश्वमा २ लाख ४७ हजार ५ सय ३१ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको तथ्यांक छ।
ओशिआनिया देशमा कति संक्रमित
ओशिआनिया देशमा ८ हजार ४ सय ११ जना संक्रमित छन्। १ सय १५ जनाको मृत्यु भएको छ। ७ हजार २ सय १३ जना उपचारपछि निको भइसकेको छ।
अष्ट्रेलियामा ६ हजार ८ सय २२ जना संक्रकित हुँदा, ९५ जनाको मृत्यु भएको छ। ५ हजार ८ सय ४९ निको भएर घर फर्किसकेका छन्।
न्युजिल्याण्डमा १ हजार ४ सय ८७ जना संक्रमित भएका छन्। २० जनाको मृत्यु भएको छ। १ हजार २ सय ७६ जना निको भएर घर फर्किसकेका छन्।
फ्रेन्च पोलिनेसियामा ५८ जना संक्रमित छन्। ५१ जना निको भएर घर फर्किसकेका छन्।
फिजीमा १८ जना भएका मध्य १४ जना निको भएर घर फर्किसकेका छन्।
न्यू क्यालेडोनियामा १८ जना संक्रमित भएका मध्य १७ जना निको भइसकेका छन्।
पपुआ न्यु गिनिमा ८ जना संक्रमित भएका मध्ये ६ जना निको भएर घर फर्किसकेका छन्।